पत्रकार सुमन सुस्केरा र भट्टराई लाई सुनकाण्डका एसएसपीले लात्ती हाने।

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पत्रकार सुमन सुस्केरा र भट्टराई लाई सुनकाण्डका एसएसपीले लात्ती हाने।

सारांश

  • १९ वैशाख, काठमाडौं ।
  • साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् ।
  • मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् ।

१९ वैशाख, काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् ।

मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् ।

उनले अनलाइनखबरका विराटनगर प्रतिनिधि ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरालाई हातपात गरेका हुन् ।

अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि जाइलागेका हुन् ।

लोहनीले प्रहार गरेको लात्ती क्यामेरामा लागेको थियो ।

यसअघि साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो ।

घटनामा पक्राउ परेका प्रहरी अधिकारीहरूमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का छन् ।

अनलाईनखबरबाट साभार,

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,☺ αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Durga Dhungana

    अझै तेतरो हिम्मत……..

    Comment Author

    Om Sagar Shrestha

    Chor kaam.garna chai laaj nalagne aile foto khichda chai….esta ko bardi na utari hunna desh drohi haru ko….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?