बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी

सारांश

  • काठमाडौँ, २३ साउन ।
  • बालिकामाथि हुने यौन हिंसा तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने महिला नेत्री, मानव अधिकारकर्मी तथा कानून व्यवसायीले जोड दिएका छन् ।
  • यहाँ आज आयोजित छलफलका वक्ताले बालिका माथिको बलात्कार तथा हत्याको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै आगामी भदौ १ गतेदेखि परिमार्जनसहित लागु हुने नयाँ मुलुकी ऐनमा कडा कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँ, २३ साउन । बालिकामाथि हुने यौन हिंसा तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने महिला नेत्री, मानव अधिकारकर्मी तथा कानून व्यवसायीले जोड दिएका छन् । यहाँ आज आयोजित छलफलका वक्ताले बालिका माथिको बलात्कार तथा हत्याको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै आगामी भदौ १ गतेदेखि परिमार्जनसहित लागु हुने नयाँ मुलुकी ऐनमा कडा कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिएका हुन् । वर्तमान मुलुकी ऐनको अपराध संहितामा बालिकामाथि बलात्कार गरिएमा १६ वर्ष कैद गर्ने व्यवस्था रहेकामा सजायको दायरा फराकिलो पार्दै २० वर्ष कैद गर्ने व्यवस्था प्रस्ताव गरिएको उनीहरुको भनाइ छ । उनीहरुले त्यस्तो अपराधमा संलग्न व्यक्तिलाई आजीवन कैद र सर्वश्वहरणको व्यवस्था गर्नुपर्ने माग गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले बालिका माथिको बलात्कार तथा हत्याको घटना शृङ्खलाबद्ध रुपमा बढिरहेकामा चिन्ता व्यक्त गरे । उनले बालिका बलात्कारपछि हत्यामा संलग्नलाई अझै पक्राउ गर्न नसकेको तथा पीडितले न्याय पाउन नसकेको औँल्याए । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले आव २०७४÷७५ को तथ्याङ्कअनुसार प्रहरीमा एक हजार महिला हिंसा तथा बलात्कारको घटना दर्ता भएको जानकारी दिए। उनले अदालतले पीडितको पक्षमा आधा अंश पाउने फैसला गरे पनि कार्यान्वयन हुन नसकेको प्रसङ्ग उल्लेख गरे ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष उषा मल्लले मुलुकी ऐनमा संशोधन भई आगामी भदौ १ देखि यस्तो अपराधीलाई दिइने सजाय फराकिलो बनाइएको ऐन कार्यान्वयनमा आउन लागेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
हतुवागढीको माइबेनी ओझेलमा
हतुवागढीको माइबेनी ओझेलमा
बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु
बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु
आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
हाइड्रो भिलेजमा १५० जनालाई रोजगार
हाइड्रो भिलेजमा १५० जनालाई रोजगार
एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’
एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’
दाहालले  भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
दाहालले भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् पूर्व राजा ज्ञानेन्द्र
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी