काङ्ग्रेस नेताहरूको कीर्तिमान !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
काङ्ग्रेस नेताहरूको कीर्तिमान !

सारांश

  • काठमाडाै, १९ वैशाख ।
  • नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको चालू बैठकमा यसपटक देखिएको एउटा दृश्यले एकसाथ अनेक सङ्केत दिएको छ ।
  • बैठकमा केही नेताहरूले घन्टौँसम्म धाराप्रवाह बोलेर नयाँ रेकर्ड राखेका छन् भने अन्य नेताहरूले गन्थन सुन्ने अपूर्व धैर्य देखाएर कीर्तिमान कायम गरेका छन् ।

काठमाडाै, १९ वैशाख । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको चालू बैठकमा यसपटक देखिएको एउटा दृश्यले एकसाथ अनेक सङ्केत दिएको छ । बैठकमा केही नेताहरूले घन्टौँसम्म धाराप्रवाह बोलेर नयाँ रेकर्ड राखेका छन् भने अन्य नेताहरूले गन्थन सुन्ने अपूर्व धैर्य देखाएर कीर्तिमान कायम गरेका छन् ।

सामान्यतया काङ्ग्रेस नेताहरू लामो बोल्दैनन् र लामो समयसम्म कोही बोलिरहे भने सुन्ने क्षमता पनि यसअघि उनीहरूमा देखिँदैनथ्यो । तर, यसपटकको बैठकमा धारा प्रवाह बोलेर नेताहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि र डा। प्रकाशशरण महतले नयाँ कीर्तिमान राखेका हुन् ।

विजयकुमार गच्छदारले गत बिहीबार(वैशाख १३) को बैठकमा तीन घन्टा र भोलिपल्ट एक घन्टा पैँतालीस मिनेट लगातार बोलेका थिए । त्यसैगरी गोपालमान श्रेष्ठले दुई घन्टा लगाएर आफ्ना कुरा राखेका थिए भने विमलेन्द्र निधिले पनि दुई घन्टासम्म धाराप्रवाह बोलेका थिए । यसरी पदाधिकारी बन्न आकाङ्क्षा राख्ने नेताहरूले घन्टौँ लगाएर आ–आफ्नो पक्षपोषण गर्न थालेपछि डा प्रकाशशरण महतले पनि दुई घन्टा समय लिएर आफ्ना धारणा राखेका थिए ।

डा। महतले पार्टीमा आफूले पुऱ्याएको योगदान स्मरण गराउँदै पार्टीलाई माथि उठाउन के गर्नुपर्ने हुन्छ भन्ने सुझाव प्रस्तुत गरेका थिए । तर, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार र विमलेन्द्र निधिले भने पूरै समय आफ्नो ‘आत्मकथा’ सुनाउन प्रयोग गरेका थिए । आफू कहिलेदेखि काङ्ग्रेस बनेको, किन बनेको र काङ्ग्रेस बनेपछि जीवनमा आफूले के–कस्ता कठिनाइ एवम् चुनौतीहरूको सामना गर्नुपरेको थियो भन्नेजस्ता कथा सुनाउँदै नेताहरूले पार्टीमा सभापतिपछिको उच्च जिम्मेवारी पाउन याचना गरेको महसुस ‘स्रोता’ नेताहरूले गरेका थिए ।

यसरी घन्टौंसम्म बोलिरहने नेताहरूले आ–आफ्ना आत्मवर्णन गरे पनि पार्टीलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयका भावी योजना र कार्यक्रमबारे सामान्य चर्चासम्म गरेनन् । भनिन्छ, मानिस वृद्ध र अशक्त हुँदै गएपछि भविष्यबारे कुरा गर्न छोड्छ र त्यस्ता मानिसका अभिव्यक्ति केवल अतीतसँग मात्र सम्बन्धित या केन्द्रित हुन थाल्छन् । बैठकमा नेताहरूको आत्मकथा वाचनले पनि वृद्ध भइसकेको सङ्केत दिँदै थियो र उनीहरूसँग पार्टीलाई सुधार गर्न सक्ने कुनै नीति, कार्यक्रम र क्षमता नभएको स्पष्ट गरेको थियो ।

कम्युनिस्ट वामपन्थीहरू इतिहासमै सर्वाधिक बलवान साबित भएको यो समयमा काङ्ग्रेसका नेताहरूले यसपटक देखाएको श्रवण क्षमता पनि स्मरणीय बन्न पुगेको हो । जनताका समस्या र देशको समस्या समाधानका सुझाव सुन्न दश मिनेट धैर्य गर्न नसक्ने काङ्ग्रेस नेताहरूले आफूले धेरै राम्रोसँग चिनेजानेका नेताहरूको आत्मकथा घन्टौंसम्म सुन्ने जुन धैर्य देखाए, यसले काङ्ग्रेसका नेताहरूमा सुन्ने क्षमताको ‘विकास’ आश्चर्यजनक ढङ्गले भएको देखाएको छ ।

यसरी सुन्ने र सुनाउने क्षमतामा भारी वृद्धि भएको देखिएसँगै काङ्ग्रेस आफूलाई सुधार्न, बदल्न या परिवर्तन हुन तयार नभएको सङ्केत पनि यस घटना–सन्दर्भले दिएको छ । नेताहरूको यस्तो व्यवहारले कार्यकर्तामा निराशा र विपक्षमा हास्यरस पैदा भएको महसुस आमपर्यवेक्षकहरूले गरेका छन्

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Ananda Bajracharya

    त्यस्तै रामेले चुनाव हार्नेमा र सेरेले राष्ट्रिय ढुकुटी लुट्नेमा पनि किर्तिमान कायम गरेकोछ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?