विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
५६ पटक हेरिएको
Shares
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै

सारांश

  • न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आफूसँगै बस्दै आएका प्रेमीसँग विवाह गर्ने टुङ्गो लगाएकी छन्।
  • प्रधानमन्त्री कार्यालयले त्यसको पुष्टि गरेको छ।
  • उनले एउटा कार्यक्रममा आफ्नो बाँयाँ हातको औंलामा औँठी लगाएको देखिएपछि बिहेको छिनोफानो भएको अनुमान गरिएको थियो।

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आफूसँगै बस्दै आएका प्रेमीसँग विवाह गर्ने टुङ्गो लगाएकी छन्। प्रधानमन्त्री कार्यालयले त्यसको पुष्टि गरेको छ।

उनले एउटा कार्यक्रममा आफ्नो बाँयाँ हातको औंलामा औँठी लगाएको देखिएपछि बिहेको छिनोफानो भएको अनुमान गरिएको थियो।पत्रकारितामा इन्टर्न्शिप गरिरहेका एक युवाले त्यसबारे सोधखोज गरे र प्रधानमन्त्री कार्यालयमा त्यसबारे जानकारी मागे। त्यसपछि प्रधानमन्त्रीका प्रवक्ताले बिहेको छिनोफानो भएको पुष्टि गरे।उनका प्रेमी क्लार्क गेफोर्ड टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह नगरे पनि सँगै बस्थे। उनीहरूले गत वर्ष छोरी जन्माएका थिए।
यो पनि पढ्नुहोस्

पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो पछि पदमा रहँदा आमा बन्ने जसिन्डा आर्डन दोस्रो महिला प्रधानमन्त्री हुन्बिहेको छिनोफानो भएको खबर सञ्चार माध्ययममा आएपछि प्रधानमन्त्री आर्डनले रेडियो न्यूजिल्यान्डसँग भनिन्, म निकै भाग्यमानी छु। मसँग यस्तो साथी छ, जसले मलाई साथ दिन्छ, जसले संयुक्त जिम्मेवारीको ठूलो अंश आफूले लिइरहेको छ किन कि उ एउटा अभिभावक पनि हो।आर्डनले गत वर्ष अक्टोबर महिनामा प्रधानमन्त्री छँदै छोरी जन्माइन् र संयुक्त राष्ट्रसंघको एउटा बैठकमा चार महिनाकी छोरीलाई काखमा लिएर सहभागी भएपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय चर्चामा आएकी थिइन्।

त्यहाँ उनले अनेक सल्लाह सुझाव पाएकी थिइन्। त्यसबारे उनले भनेकी थिइन्, मलाई धेरै आवश्यक नभएका सल्लाह प्राप्त भएका छन्। तिनलाई के गरूँ भन्ने मलाई थाहा छैन। तर सल्लाह दिनेहरूलाई म धन्यवाद दिन चाहन्छु।

उनले संसार भरीका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि एकजना महिलाले आमाको जिम्मेवारी पनि सम्हाल्न सक्छिन् भन्ने सन्देश दिएकी थिइन्।दुई जनाबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको सञ्चार माध्यमहरूले जनाएका छन्।

आर्डन सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा पहिलो दिन एउटा टिभी कार्यक्रममा गएकी थिइन्। कार्यक्रममा उनलाई करिअर र बच्चामध्ये पहिलो प्राथमिकता के हुन्छ भनेर सोधियो।त्यसबेला उनले जवाफ दिएकी थिइन्, कहिले बच्चा जन्माउने भन्ने कुरा एउटी महिलामा निर्भर हुन्छ। यदि उनले जागिर गरिरहेकी छन् भने गर्भवती हुने अवसर पाइन्न भन्ने सोच्नु हुन्न।

न्यूजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएका विस्फोटपछिको अवस्थामा उनको प्रस्तुतिको विश्वभरी प्रशंसा भयो।२८ वर्षको उमेरदेखि संसद‍्मा पुगेकी उनी स्वयम् पीडितका घर गइन् र अङ्गालो हाल्दै न्युजिल्यान्ड उनीहरूको घर भएको भन्दै आड भरोसा दिइन्।

पीडित परिवारसँगको कुराकानीपछि प्रधानमन्त्री आर्डनले भनिन्, हामीले विविधता, करूणा र दयाको प्रतिनिधित्व गर्छौं। यो देश उनीहरूको घर हो जसले हाम्रो मूल्य मान्यता मान्छन्। यो ती शरणार्थीहरूको घर हो जसलाई यसको खाँचो छ।त्यस्तो अभिव्यक्ति दिएर चर्चामा आएकी उनी अहिले बिहेको छिनोफानोका कारण अन्तर्रा्ष्ट्रिय चर्चामा आएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दृष्टिविहीन खेलाडीको कीर्तिमान
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
माडीको बघौडा अस्पताल २५ श्यया
माडीको बघौडा अस्पताल २५ श्यया
सर्लाहीमा एमालेलाई एक पालिका
सर्लाहीमा एमालेलाई एक पालिका
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
प्रधानमन्त्री ओलीले भने : म निराश छु’
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ