सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
सारांश
- काठमाडौं,२२ वैशाख ।
- सरकारले आफूखुशी ढंगले बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ।
- प्रदेश सरकारले चालू आर्थिक वर्षको बाँकी अवधिकालागि १ अर्व, दुई करोड, ५० लाखको बजेट ल्याएको थियो।
काठमाडौं,२२ वैशाख । सरकारले आफूखुशी ढंगले बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको बाँकी अवधिकालागि १ अर्व, दुई करोड, ५० लाखको बजेट ल्याएको थियो। सरकारले बजेट विनियोजन गर्दा कामै नगरी कागज मिलाएर बजेट फस्र्यौट गर्न मिल्ने, कानुन बनाउन भन्दै ठूलो रकम विनियोजन गरेकोलगायतका आरोप लगाउँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नयाँ शक्तिका सांसदले सदन अवरुद्ध पारेका हुन्।
शुक्रबार बसेको चार नम्बर प्रदेशको संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले १ अर्व दुई करोड ५० लाखको बजेट प्रस्तुत गरेका थिए। बजेटमा सरकारले आफ्नो अनुकुल हुने कार्यक्रम समावेश गरेको तथा कागज मिलाएर कामै नगरी रकम फैस्र्यौट गर्न मिल्ने गरी बजेट ल्याएको भन्दै कांग्रेस र नयाँ शक्ति नेपालका सांसदले सदन अवरुद्ध पारेका हुन्।
उनीहरुले बजेट प्रदेशको विकासकालागि नभइ कार्यकर्ता पोस्ने गरी ल्याएको भन्दै संसद अबरोध गरेका हुन्। ‘सरकारले प्रदेशको विकासलागि नभएर कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन गरेको छ,’ नेपाली कांग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले भने, ‘ बजेट विनियोजन गर्दा कामै नगरी कागज मिलाएर बजेट फस्र्यौट गर्न मिल्ने, कानुन बनाउन भन्दै ठूलो रकम विनियोजन गरिएको छ। यो सच्याउन पर्छ भन्ने हाम्रो माग हो। यो नसच्याएसम्म संसद चल्न सक्दैन।’
सरकारले बुहमतलाई आधार देखाएर पेलेरै जाने नीति लिएको भन्दै प्रमुख प्रतिपक्ष दलले सरकारले पेल्ने नीति लिए त्यो उसकै लागि प्रत्युत्पादक हुने चेतावनीसमेत दिएको छ। सरकारले कानुन बनाउन ४२ लाख ५० हजार विनियोजन गरेको भन्दै प्रमुख प्रतिपक्षले आपत्ति जनाएको छ। कानुन बनाउने काम कानुन मन्त्रालयको भएपनि कानुन बनाउने नाममा यति ठूलो रकम विनियोजन गरेको भन्दै प्रमुख प्रतिपक्ष दलले आपत्ति जनाएको हो।
कांग्रेस नेता खड्काले गलत शीर्षकमा ठूलो रकम विनियोजन गरेको र त्यो अनियमितता हुने संभावना रहेको दाबी गरे। प्रतिपक्षले सदन अवरुद्ध पारेपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पत्रकार सम्मेलन गरेर कांग्रेसले लगाएको आरोपको खण्डन गरेका छन्। उनले संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङले आरोप लगाए।
धने बाबु कुमाल
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? NEPALI-BOT,TK ?