कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ: सुरेन्द्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
३५९ पटक हेरिएको
Shares

सारांश

  • सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले कञ्चनपुर घटनामा भारतले गल्ती स्स्वीकार गर्दै माफी माग्नु पर्ने बताएका छन् ।
  • भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विषयमा सरकारले छानविना गरेर भारत सरकारलाई रिपोर्ट दिइसकेको उनले बताए ।
  • रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा सञ्चारमन्त्री कार्कीले कञ्चनपुर घटनामा आफनो गल्ती स्वीकार गर्दै माफी माग्न भारत सरकारलाई भनिएको बताए ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले कञ्चनपुर घटनामा भारतले गल्ती स्स्वीकार गर्दै माफी माग्नु पर्ने बताएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विषयमा सरकारले छानविना गरेर भारत सरकारलाई रिपोर्ट दिइसकेको उनले बताए ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा सञ्चारमन्त्री कार्कीले कञ्चनपुर घटनामा आफनो गल्ती स्वीकार गर्दै माफी माग्न भारत सरकारलाई भनिएको बताए ।

भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनमा उत्रिएका नेपालीहरुमाथि सीमा सुरक्षा बलले गोली चलाएको थियो । एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको छ र, फरेन्सिक रिपोर्ट भारतलाई पठाएको छ ।

सञ्चारमन्त्री कार्कीले स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने भन्दै शंका नगर्न आग्रह गरे । मधेसी मोर्चासँग निरन्तर सम्वाद भइरहेको भन्दै उनले छिटैर् सहमति हुने दाबी गरे ।

मधेसी मोर्चा विना निर्वाचनमा गए मधेसमा अतिवादले प्रश्रय पाउने भन्दै उनले मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्ने बताए । मधेसका केहि ठाउँमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन नसर्ने र नरोकिने सरकारका प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?