तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष

सारांश

  • काठमाडौं २० चैत ।
  • संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हस्तान्तरणमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
  • उपसमिति संयोजक अग्नि सापकोटाले जग्गा, शेयर र होटल निर्माणको खर्चमा अनियमितता भएको निष्कर्षसहित सभापति पवित्रा निरौला खरेललाई प्रतिवेदन बुझाएका हुन् ।

काठमाडौं २० चैत । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हस्तान्तरणमा अनियमितता भएको निष्कर्ष निकालेको छ । उपसमिति संयोजक अग्नि सापकोटाले जग्गा, शेयर र होटल निर्माणको खर्चमा अनियमितता भएको निष्कर्षसहित सभापति पवित्रा निरौला खरेललाई प्रतिवेदन बुझाएका हुन् ।

‘जग्गाको स्वामित्व हस्तान्तरण तथा लिज, शेयर संरचना हेरफेर तथा भवन निर्माणको विषयमा हामीले सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन हस्तान्तरण गरेका हौं’ उपसमिति संयोजक सापकोटाले सञ्चारकर्मीहरुसँग भने, ‘समितिले प्रतिवेदन अध्ययन गरी आफ्नो रायसहित निष्कर्ष निकाल्ने नै छ । यो भन्दा बढी प्रतिक्रिया दिनु हतारो हुनेछ ।’

संसद् सचिवालय स्रोतका अनुसार, जग्गाको स्वामित्व हस्तान्तरण गरी रजिष्ट्रेसन पास गर्नु गलत भएको निष्कर्षमा उपसमिति पुगेको छ । मालपोत ऐनको व्यवस्थाविपरीत सरकारी जग्गा तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको भन्दै उपसमितिले १५० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।
सुरुमा २९ वर्षका लागि दिइएको लिज पछि संशोधन गरी ४९ वर्षसम्मलाई बढाइएको भेटिएको भन्दै उपसमितिले त्यसलाई सम्पूर्ण जग्गा हडप्ने प्रपन्च भनी टिप्पणी गरेको छ । समितिलाई राय दिएका एक विज्ञका अनुसार, यस्ता निर्णयलाई एकातर्फ सच्याउन निर्देशन दिइएको छ भने अर्कोतर्फ गैरकानुनी निर्णय गर्नेमाथि कारवाहीका लागि अख्तियारमा सिफारिस गर्ने निर्णयसमेत भएको छ ।

ती विज्ञका अनुसार, उपसमितिले अख्तियारलाई तारागाउँको शेयर घटाएको विषयमा छानबिनको सुझाव दिएको छ । १५० रोपनी जग्गा रजिष्ट्रेसन पास गरी दिनेहरुमाथि समेत छानबिन र कारवाही अघि बढाउन सिफारिस छ । ‘तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सञ्चालकहरुले वैदेशिक लगानी भित्र्याएको भनी दाबी गरेका छन्’ ती विज्ञले भने, ‘कुनकुन बैंकबाट ल्याएको हो, छानबिन गर्नुपर्ने भनेका छौं ।’

उपसमितिले होटल निर्माणका क्रममा भएको अत्यधिक लागतवृद्धि, कर र अन्य प्रयोजनका लागि छुट्टाछुट्टै लेखा परीक्षण भएको विषयहरुमाथि छानबिन गर्न निर्देशन दिएको छ । होटलको हकप्रद शेयरमाथि भएको निर्णयमाथि समेत छानबिन हुनेछ भने होटललाई घाटा भएको देखाई गैरकानुनी लाभ लिएको विषयमा समेत अनुसन्धानको सिफारिस गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
उपनिर्वाचनको तयारी पूरा : उम्मेदवारको मनोनयन आज
उपनिर्वाचनको तयारी पूरा : उम्मेदवारको मनोनयन आज
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
फोटो खिचिरहेका पत्रकारमाथि एसपी लोहनीको लात्ती!
आज साँझदेखि सामान्यदेखि मध्यम वर्षाको सम्भावना
आज साँझदेखि सामान्यदेखि मध्यम वर्षाको सम्भावना
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने  !
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने !
भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

तपाईंले छुटाउनुभयो कि?