कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !

सारांश

  • काठमाडाै, २२ वैशाख ।
  • केही समय अगाडि माओवादी केन्द्रबाट अलग भएका नेता विश्वभक्त दुलाल ‘आहुति’को संयोजकत्वमा नयाँ पार्टी घोषणा भएको छ।
  • माक्र्सवादका पर्वतकरविचारक कार्ल माक्र्स २०० औँ जन्म जयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ गठनका लागि नयाँ अभियान घोषणा भएको हो।

काठमाडाै, २२ वैशाख । केही समय अगाडि माओवादी केन्द्रबाट अलग भएका नेता विश्वभक्त दुलाल ‘आहुति’को संयोजकत्वमा नयाँ पार्टी घोषणा भएको छ।

माक्र्सवादका पर्वतकरविचारक कार्ल माक्र्स २०० औँ जन्म जयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ गठनका लागि नयाँ अभियान घोषणा भएको हो।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणका लागि ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति २०७५’ नाम दिइएको उक्त अभियानमा ५१ सदस्य रहेका छन्।

अभियानमा माओवादी परित्याग गरेको आहुतिका साथमा बलाराम तिमिल्सिना, जागृत रायमाझी, धु्रव पराजुली राजेश्वरी सुवेदी र एमाले परित्याग गरेर आएकी धनकुमारी सुनवार लगायतका रहेका छन्।

‘विश्व सर्वहारा श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी र गौरव महसुस भएको छ’, संयोजक आहुतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार काठमार्डौँमा सम्पन्न कम्युनिस्ट क्रान्तिकारीहरुको भेलाले पार्टीको विचारधारात्मक राजनीतिक कार्यदिशा पास गर्नुका साथै उक्त अभियानको घोषणा गरेको हो।

भूमण्डलीकृत पूँजीवादका विरुद्ध वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित अभियान सुरु हुन लागेको भन्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको अभियानमा पहलकर्मीका रुपमा जोडिन अभियानले सबैमा अपिल समेत गरेको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tanka Giri

    पार्टी खोल्न पो सजिलो रहेछ बजेट पनि आवस्यक नपर्ने घरबारी धितो राख्न बैकको लण्ठा पनि नहुने लगानी ढुब्ने टेन्सन पनि नहुने नोक्सान हुन्छकी भन्नू पनि नपर्ने कसरी खोल्नु पर्ने हो कहाँ सम्पर्क गर्नु पर्ने हो म पनि एउटा पार्टी खोल्नु पर्यो कसैलाइ ज्ञान भए कृपया बताइ दिनु होला

    Comment Author

    Narbahadur Gharti

    कम्युनिष्टको नाममा ब्यापार

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि
बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
बलात्कारका अभियुक्त लाई आठ वर्ष कैद सजाय
बलात्कारका अभियुक्त लाई आठ वर्ष कैद सजाय
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
बि.सं.२०७४ साल माघ ८ गते सोमवारको राशिफल
बि.सं.२०७४ साल माघ ८ गते सोमवारको राशिफल
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी
सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी

तपाईंले छुटाउनुभयो कि?