पेट्रोलियम व्यवसायीको माग,नोजलबाट कम तेल झरे पनि कारबाही नगर्नु,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
१५ पटक हेरिएको
Shares
पेट्रोलियम व्यवसायीको माग,नोजलबाट कम तेल झरे पनि कारबाही नगर्नु,

सारांश

  • साउन, काठमाडौं  ।
  • नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ ।
  • डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो ।

साउन, काठमाडौं  । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो ।

पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएका मागहरुको पाँचौ नम्बर बुँदामा लेखिएको छ, ‘गुणस्तर तथा नापतौल कार्यालयबाट वा अन्य आधिकारिक निकायबाट बजार अनुगमन हुँदा डिस्पेन्सिङ पम्पमा लगाइएको सिल दुरुस्त हुँदाहुँदै प्राविधिक कारणले परिमाण घटीबढी भएमा पम्पलाई कारबाही नगरी तत्काल क्यालिब्रेशन गरिदिनुपर्ने ।’

पेट्रोलपम्पमा तेल भर्दा देखिने अंक भन्दा नोजलबाट झर्ने तेल कम परिमाणको हुने गरेको उपभोक्ताको गुनासो छ । गुनासोअनुसार बजार अनुगमन गर्दा पम्प सञ्चालकले सिल तोडेर परिमाण घटबढ गराएको पाइएको थियो ।

एशोसियसनले बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनपर्ने अथवा कम हुन जाने सम्पूर्ण परिमाण निगमले समायोजन गरिदिनुपर्ने, निगमको पूर्वाधार समय सापेक्ष सुधार गर्नुपर्ने र सबै डिपोहरुमा लोडिङ अनलोडिङ प्वाइन्ट तथा मौजदात क्षमता बढाउनुपर्ने माग पनि गरेको छ ।

माग पूरा नभए  ३१ गतेदेखि बिक्री वितरण बन्द गर्ने चेतावनी एशोसियसनले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?