प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
सारांश
- काठमाडौं, २२ बैशाख ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक “संसददेखि संविधानसभासम्म” आज बिमोचन गरेका छन् ।
- प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुत नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताउनुभयो ।
काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक “संसददेखि संविधानसभासम्म” आज बिमोचन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुत नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भने, “आफ्नो जीवन भोगाइका विभिन्न घटनाहरुलाई सिलसिलेवार ढंगले प्रष्तुत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यस बेलाको राजनीतिका बारेमा जानकारी दिन्छ ।”
प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गरेका छन् । “नेपालीका पुर्खाले रामायण, बेद जस्ता ग्रन्थहरु लेखे”, प्रधानमन्त्री ओलीले भने, “हाम्रा पुर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकोले लेख्नलाई हामीलाई गा¥हो हुँदैन ।”
घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्तीहरु माधव कुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीको ८२ औं जन्मोत्सवका अवसरमा सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै केक काटेर अधिकारीलाई खुवाएका थिए ।
प्रतिक्रिया