सरकारले ट्याक्सी सिन्डिकेट हटाउन सकेन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • ट्याक्सीको सिन्डिकेट हटाउने सरकारी योजना अलपत्र परेको छ ।
  • मन्त्रिपरिषद् बैठकले २०७१ भदौ १९ मा यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन ।
  • समितिलाई मुलुकभरका कुन–कुन जिल्लामा कति ट्याक्सी आवश्यक छ, हरियो नम्बर प्लेटका ट्याक्सी व्यवस्थापन र सिन्डिकेट हटाउनेबारेमा एक महिनाभित्र प्रतिवेदन तयार पारेर बुझाउन निर्देशन दिइएको थियो।

ट्याक्सीको सिन्डिकेट हटाउने सरकारी योजना अलपत्र परेको छ । मन्त्रिपरिषद् बैठकले २०७१ भदौ १९ मा यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन ।

समितिलाई मुलुकभरका कुन–कुन जिल्लामा कति ट्याक्सी आवश्यक छ, हरियो नम्बर प्लेटका ट्याक्सी व्यवस्थापन र सिन्डिकेट हटाउनेबारेमा एक महिनाभित्र प्रतिवेदन तयार पारेर बुझाउन निर्देशन दिइएको थियो। ‘तर समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन,’ यातायात सुधार अभियन्ता रामबहादुर थापाले भने।

सुरुमा यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी कार्यालय वाग्मती एकान्तकुनाले पर्यटक र जनसंख्या वृद्धिलाई लक्षित गरेर २०६९ माघमा ट्याक्सी अपुग भएको निष्कर्ष निकालेको थियो। त्यतिबेला कार्यालयले ५ हजार ट्याक्सी थप गर्न विभागमा प्रस्ताव गरेको थियो।

विभागले पनि ट्याक्सी पुराना र थोत्रा (८०० सीसी) भएको, उपत्यकाबाहिर आउजाउ गर्न अप्ठेरो परेको, विदेशीलाई सेवा दिन नसकेको र अन्तर्राष्ट्रियस्तरमा नराम्रो सन्देश गएको भन्दै मन्त्रालयमा आवश्यक निर्णयका लागि प्रस्ताव पठाएको थियो।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या
विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
फास्ट-ट्र्याकबारे रक्षामन्त्री नै बेखबर
फास्ट-ट्र्याकबारे रक्षामन्त्री नै बेखबर
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
जेठ २३ गते देशैभर विदा
जेठ २३ गते देशैभर विदा
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता
काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ