राज्यमन्त्री र धुर्मुसले सफा गरे विरअस्पतालको ट्वाइलेट

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
राज्यमन्त्री र  धुर्मुसले सफा गरे विरअस्पतालको ट्वाइलेट

सारांश

  • काठमाडाै, २३ वैशाख ।
  •  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अार्इतवार वीर अस्पतालकाे सरसफाइ गरेकि छन ।
  • स्वास्थ्य क्षेत्रमा जनतालाई परिर्वतनको अनुभुति दिने प्रणका साथ यसअघि  स्वास्थ्यमन्त्रालयमा सुर्ती र सुर्तीजन्य पदार्थ लैजान रोक लगाएकी राज्यमन्त्री अर्याल आज अाइतवार  वीर अस्पतालको शौचालय सरसफाईमा जुटेकी हुन्।

काठमाडाै, २३ वैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अार्इतवार वीर अस्पतालकाे सरसफाइ गरेकि छन ।

स्वास्थ्य क्षेत्रमा जनतालाई परिर्वतनको अनुभुति दिने प्रणका साथ यसअघि  स्वास्थ्यमन्त्रालयमा सुर्ती र सुर्तीजन्य पदार्थ लैजान रोक लगाएकी राज्यमन्त्री अर्याल आज अाइतवार  वीर अस्पतालको शौचालय सरसफाईमा जुटेकी हुन्।

राज्यमन्त्री अर्यालसँगै कलाकार तथा अभियान्ता सिताराम कट्टेल पनि वीर अस्पतालको ट्वाइलेट सफा गर्न पुगेका छन्। उनीहरुले आफैले ब्रस समातेर शौचालयको सफाई गर्दै वीरअस्पताल सरसफाई अभियानको सुरुवात गरेका थिए ।

सरकारी अस्पतालमा फोहोर र दुर्गगन्ध धेरै हुने भनेर हुदै आएका टिप्पणीलाई गलत सावित गर्दै विरामीले अनुभुति गर्ने गरि सरसफाईको उत्कृष्ट नमुनाको रुपमा परिणत गरिने राज्यमन्त्री अर्यालले बताइन्।

मन्त्री अर्यालले यो अभियानसँगै सबै सरकारी अस्पतालमा चलाउने पनि बताइन्। वीर अस्पताल सरसफाईको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ। यसले १५ दिन सम्म वीरअस्पतालको सरसफाई गर्नुको साथै सरसफाईको आधुनिक तरिका बारे कर्मचारीलाई तालिम पनि दिनेछ।

खेम्स क्लिनिङले स्वयंसेवी रुपमा अस्पतालको सफाई अभियान चलाउने अस्पतालले जनाएको छ। अष्ट्रेलियाबाट आएका खेम शर्माको नेतृत्वमा वीर अस्पतालको सरसफाई अभियान सुरु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?