सुन तस्करी प्रकरण: प्रहरी नायव निरीक्षक सञ्जेलसहित अन्यको बयान हुँदै
सारांश
- अस्बीन खडका , २३ वैशाख ।
- सुन काण्ड र सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा आइतवार प्रहरी नायव निरीक्षक (सई)बालकृष्ण सञ्जेलसहित अन्य अभियुक्तको पनी अदालत मा बयान सुरु भएको छ।
- यसअघि ६ जनाको बयान सकेर सई सञ्जेलको बयान सुरु भएको अदालतका श्रेस्तेदार नवराज दुलालले बताए।
अस्बीन खडका , २३ वैशाख । सुन काण्ड र सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा आइतवार प्रहरी नायव निरीक्षक (सई)बालकृष्ण सञ्जेलसहित अन्य अभियुक्तको पनी अदालत मा बयान सुरु भएको छ।
यसअघि ६ जनाको बयान सकेर सई सञ्जेलको बयान सुरु भएको अदालतका श्रेस्तेदार नवराज दुलालले बताए।न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भइरहेको र उनको बयान सकिएपछि अन्य अभियुक्तको पनि बयान लिइने उनले बताए।
आज प्रहरी नायव निरीक्षक सञ्जेल, राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर (चाचाजी) राजेन्द्रकुमार शाक्य, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ (चन्दन) को बयान सक्ने समेत उनले बताएका थिए।
उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी(पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकको मुद्दा दर्ता भएको छ। सबै मुद्दामा अदालतले एकै पटक बयान गराएको छ।
सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको र सुन काण्डमा मिलेमतो गरी सुन तस्करी गर्ने समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी गरिएको थियो।
सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोको रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बाहलवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै आदालतमा पेस गरेको थियो। प्रहरी हवल्दार अमरबहादुर थापा मोरङ जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आएका थिए।
अदालतले अभियोगपत्रका साथै पेश भएका अभियुक्तहरुको बयान मंगलबारसम्म सक्ने तयारी गरेको छ। अदालतमा उपस्थित भएका अभियुक्तहरुको सबै बयान सकिएपछि थुनछेक बहस हुनेछ। गत बिहीबारदेखि अदालतले सुन काण्डमा बयान लिन सुरु गरेको हाे। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी(पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ। सबै मुद्दामा अदालतले एकै पटक बयान गराएको छ।
प्रतिक्रिया