मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
सारांश
- अस्बिन खड्का , २७ वैशाख ।
- बुधबार ज्ञापनपत्र बुझाउन आएका स्थानीयले हातपात गरेको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरु आक्रोशित बनेका छन्।
- नगरपालिकाले खोला सफाइ गर्ने क्रममा जनतालाई सास्ती दिएको उनीहरुको भनाइ छ।
अस्बिन खड्का , २७ वैशाख । बुधबार ज्ञापनपत्र बुझाउन आएका स्थानीयले हातपात गरेको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरु आक्रोशित बनेका छन्।
नगरपालिकाले खोला सफाइ गर्ने क्रममा जनतालाई सास्ती दिएको उनीहरुको भनाइ छ। सुरुमा केही घर भत्काएको र बीचमा केही ठूला मान्छेको जग्गा परेको भन्दै नभत्काएको स्थानीय उदय सिंहले बताए। ‘सफा गर्ने भए सबै खोला सफा गर्नुपर्ने हो’ उनले भने, तर बीचमा अलिकति कोट्याएर छोड्नु मेयरले बेवास्ता गरेकाे हो। उनलाई भेट्न जाँदा बारम्बार बेवास्ता गरेको र गैरजिम्मेवारीपन प्रस्तुत गरेको सिंहको भनाइ छ।
सयपत्री टोल विकास संस्थाका अध्यक्ष लिलाम बस्नेत भने मेयरले आफै जनतालाई धकेल्दै हिँडेको बताउँछन्। पूर्वमेयर तथा प्रदेश सांसद सर्वध्वज साँवाको लगानीमा रहेको हाम्रो बोर्डिङ चाहिँ नभत्काएर निजी जग्गामा बनेको घर भत्काइँदैछ ‘ उनले भने, कुनै सूचनाबिनै घर भत्काइयो। त्यसमा पनि ५ नं वडाका संरचना मात्र भत्काइएको छ।
मेयरमाथि कुनै हातपात नभई उजुरी दिनु लज्जास्पद रहेकाे स्थानीयको भनाइ छ। तपाईँ भोट माग्न घरघर आउनुभयो तर अहिले समस्या पर्दा किन भाग्नुहुन्छ? भनेर प्रश्न गर्दा अब घर नआउने बरु अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने भन्नुभयो, स्थानीय बिकाश रेग्मी भन्छन ।
मेयर चौधरी भने पहिला हातपात गरेकाले आफूले ज्ञापनपत्र नबुझेको दाबी गर्छन्। हातपात भएपछि जीवनरक्षाका जाहेरी दिएको उनको भनाइ छ। मेयर चौधरीले प्रहरीमा सन्तोष अधिकारी, पूर्णसिंह श्रेष्ठ र राजकुमार खड्काको नाममा किटानी जाहेरी दिएका छन्।
(Valium)
Gobin Cdr
Yesko dimag kharab vayra ho Americans sanga Nepal campair garxa
Netra Ghimire
हैट।