अाज वैशाख २७ गते कहाँ के के घटना घटे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अाज  वैशाख २७ गते कहाँ के के घटना घटे ?

सारांश

  • भरूवा बन्दुक सहित पक्राउ  रामेछाप गोकुलगंगा गाउँपालिका(६ बस्ने १९ वर्षीय सबिन तामाङ र सिन्धुली साबिक पुरानो झांगाझोली घर भई हाल सुनकोशी गाउँपालिका(५ बस्ने १८ वर्षीय शम्शेर तामाङलाई १ नाल भरुवा बन्दुक सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
  • खाडादेबी गाँउपालिका(१ स्थित लुभुघाटमा सिन्धुलीतर्फ जाँदै गरेको अबस्थामा प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ 
रामेछाप
गोकुलगंगा गाउँपालिका(६ बस्ने १९ वर्षीय सबिन तामाङ र सिन्धुली साबिक पुरानो झांगाझोली घर भई हाल सुनकोशी गाउँपालिका(५ बस्ने १८ वर्षीय शम्शेर तामाङलाई १ नाल भरुवा बन्दुक सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
खाडादेबी गाँउपालिका(१ स्थित लुभुघाटमा सिन्धुलीतर्फ जाँदै गरेको अबस्थामा प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित पक्राउ 
स्याङजा
तनहुँ ब्यास नगरपालिका(१३ छाप्दिबाराही बस्ने २२ वर्षीय सवित थापालाई लागूऔषध नोफ्रिम १४ पिस, फेनारगन १४ पिस, सेरिजेट १५ पिस र सिरिन्ज १ थान सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ।
गल्याङ नगरपालिका(३ स्थित चाँदनी होटलको शौचालयमा सिरिन्ज हानिरहेको अवस्थामा प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले फेलापारी उनी सवार लु।१ ख। ८७८८ नम्बरको बुटवलबाट बाग्लुङ जाने बसको सिटमा समेत जाँच गर्दा उनको झोलाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु 

रूपन्देही  गैरहवा गाँउपालिका(७ भित्री सडकखण्डमा दीक्षा बोर्डिङ स्कूलको लु।१ ख। ५१९५ नम्बरको बसले सोही स्थान बस्ने प्रदिप लोधको ४ वर्षीया छोरी अञ्जानी लोधलाई ठक्कर दिँदा बिहीबार घटनास्थलमै मृत्यु भएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
पर्सा  वीरगंज महानगरपालिका(११ श्रीपुर स्थित सडकखण्डमा ना।२ च। ४८५२ नम्बरको टाटा पिकअपले बिहीबार बारा महागढीमाई नगरपालिका(१ गंजभवानीपुर बस्ने सुरेश प्रसाद जैसवालको ९ वर्षीय छोरा सुभम जैसवाललाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला 
सुनसरी
ईनरुवा नगरपालिका(३ बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय शुरेस गुप्ता आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु 

पर्सा  पर्सागढी नगरपालिका(४ पर्शुरामपुर बस्ने सेख समिउल्लाहको छोरा १० वर्षीय सेख माजित साथीहरुसँग सोही स्थान स्थित सेख फैयादको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी बिहीबार मृत्यु भएको छ ।
संखुवासभा  धर्मदेवी नगरपालिका(८ बस्ने २३ वर्षीय राज कुमार खड्का सोही स्थान स्थित अरुण नदीमा पौडी खेल्ने क्रममा डुबी बिहीबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति
उदयपुर
रोशी गाँउपालिका ६ लेखपानी बस्ने सानुकान्छा तामाङको जस्ताले छाएको १ तल्ले गोठमा बुधबार आगलागी हुँदा करीब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?