कालीकोटमा प्रहरी टोलीमाथि स्थानीयकाे आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
५० पटक हेरिएको
Shares
कालीकोटमा प्रहरी टोलीमाथि स्थानीयकाे आक्रमण

सारांश

  • मान्म ।
  • कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।
  • बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् ।

मान्म । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् ।

आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुङ्गेल रावत घाइते भएकी छिन् । सो घट्नामा परी स्थानीय धनमान विकसमेत घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए । आरोपित बुढालाई सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणपछि आरोपित बुढा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक बमले बताए । बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । तर घटनापछि बुढा भने फरार थिए ।

घरमा आएको जानकारी पाएपछि रावतको नेतृत्वमा प्रहरी टोली पलाँता–६ सैन पुगेको थियो । घरमै सुतिरहेका बुढा पक्राउ परे पनि स्थानीयको आक्रमणपछि भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ महिनामा कति अर्बको सुन आयात भयो ?
९ महिनामा कति अर्बको सुन आयात भयो ?
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने:  रविले न्याय पाउनुपर्छ !
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: रविले न्याय पाउनुपर्छ !
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस
सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस