हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

सारांश

  • रत्ननगर, चितवन, २८ वैशाख, चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
  • प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताउनुभयो ।
  • “अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भन्नुभयो, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।

रत्ननगर, चितवन, २८ वैशाख, चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताउनुभयो ।

“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भन्नुभयो, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उहाँले विवरण संकलनको काम जारी रहेको बताउनुभयो । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै रु २० करोडको केरा क्षति भएको जानकारी दिनुभयो । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

उहाँले ६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेका बताउनुभयो । अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन् ।

उनीहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् । बीमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शत्प्रतिशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थालगत अनुगमन गरिरहेको पन्तले बताउनुभयो । पन्तले आफ्नो सात बिघामा ५० प्रतिशत र अर्काे १६ विघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको जानकारी दिनुभयो ।

स्थानीयवासी शंकर सुवेदीले करीब रु ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गर्नुभयो । २३ वर्षको इतिहासमै सबैभन्दा बढी केरामा नोक्सान भएको मानिएको छ ।

(editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
उत्कृष्ट स्वयंसेवक सम्मानित
उत्कृष्ट स्वयंसेवक सम्मानित
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु