पृथ्वीवाट करिब साढे ६ अर्ब किलोमिटरको दुरीमा‘न्यू हराइजन’यान

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
पृथ्वीवाट करिब साढे ६ अर्ब किलोमिटरको दुरीमा‘न्यू हराइजन’यान

सारांश

  • काठमाडौँ,१८ पुष ।
  •   अन्तरिक्ष सम्बन्धी अमेरिकी निकाय नासाको न्यू हराइजन नामक अभियानले अल्टिमा टुले नामक बरफको पिण्ड नजिकैबाट गुज्रिएको पुष्टि गर्दै पृथ्वीमा सूचना पठाएको छ।
  • न्यू हराइजन यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको छ।

काठमाडौँ,१८ पुष ।  अन्तरिक्ष सम्बन्धी अमेरिकी निकाय नासाको न्यू हराइजन नामक अभियानले अल्टिमा टुले नामक बरफको पिण्ड नजिकैबाट गुज्रिएको पुष्टि गर्दै पृथ्वीमा सूचना पठाएको छ।

न्यू हराइजन यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको छ।यो नै हालसम्म सौर्यमण्डलको सबभन्दा टाढा पुगिएको घटना हो। उक्त पिण्ड नजिकैबाट गुज्रँदा न्यू हराइजनले ठूलो परिमाणमा फोटो खिच्नुका साथै अन्य अवलोकन गरेको थियो।ती सामग्री अब उसले आउँदा महिनाहरूमा पृथ्वीमा पठाउने छ।

उक्त रोबट यानले पठाएको रेडियो सन्देश स्पेनको मड्रिडस्थित नासाको एउटा ठूलो एन्टेनाले प्राप्त गरेको थियो।अल्टिमाबाट पृथ्वी आइपुग्न मात्र पनि सो रेडियो सन्देशलाई ६ घण्टा ८ मिनेट लागेको थियो।म्यारिल्याण्डस्थित जन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स लेबोरेटरीका नियन्त्रकहरूले सो रेडियो सिग्नल प्राप्त भएपछि निकै खुसी मनाए।

हाम्रो अन्तरिक्ष यान स्वस्थ छ। हामीले भर्खरै सबभन्दा परको भ्रमण गर्‍यौँ,ू उक्त अभियानकि सञ्चालन व्यवस्थापक एलिस बोम्यानले बताइन्।उक्त पहिलो सन्देशमा केवल यानको अवस्थाबारे जानकारी दिने इञ्जिनियरिङ जानकारी थियो।

यो त अल्टिमा टुलीको काल्पनिक चित्र हो तर अब चाँडै नै यसको असली तस्बिर प्राप्त हुन सक्छ।तर त्यसले न्यू हराइजनले पूर्व निर्देशनबमोजिम सफलतापूर्वक स्वचालित यात्रा र अवलोकन सम्पन्न गरेको देखायो।

अल्टिमा पिण्ड काइपर बेल्ट भनिने क्षेत्रमा रहेको छ।त्यहाँ रहेका जमेका पिण्डहरूले सूर्यलाई परिक्रमा गर्छन्।बीबीसीतिनीहरू सबभन्दा परको आठौँ ग्रह नेप्च्युनभन्दा पनि २ अर्ब किलोमिट टाढा छन्।पहिले ग्रह मानिने प्लुटोभन्दा पनि सो क्षेत्र डेढ अर्ब किलोमिटर पर छ।न्यू हराइजन यान सन् २०१५ मा प्लुटो नजिक पुगेको थियो।

काइपर बेल्ट क्षेत्रमा अल्टिमा जस्ता लाखौँ पिण्डहरू रहेको अनुमान छ।ती जमेका ढिक्काहरूमा साढे ४ अर्ब वर्ष पहिले सौर्यमण्डलको निर्माण ताका का अवस्थाहरूबारे जानकारी मिल्ने सूचना हुन सक्ने ठानिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Ishaan and Janhvi’s Dhadak much-awaited song ‘Zingaat’ will make you groove on the dance floor!
Ishaan and Janhvi’s Dhadak much-awaited song ‘Zingaat’ will make you groove on the dance floor!
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
Breaking News : योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त
Breaking News : योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन :  प्रवक्ता यादव
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव
निगमले माग्यो बूढीगण्डकीको सेयर
निगमले माग्यो बूढीगण्डकीको सेयर
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना
भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा
भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा