तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन

सारांश

  • काठमाडौं, २८ वैशाख।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई तल्लो तहसम्म महिला संगठनको इकाइहरु गठन गरि संगठनलाई मजबुत बनाउन निर्देशन दिएका छन।
  • राप्रमसंले आयोजना गरेको काठमाडौंस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सविना कार्कीको संयोजकत्वमा गठित काठमाडौं जिल्ला कार्य समितिलाई शुभकामना दिंदै संगठनप्रति पूर्ण जिम्मेवार रही कार्य गर्न आग्रह गरे ।

काठमाडौं, २८ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई तल्लो तहसम्म महिला संगठनको इकाइहरु गठन गरि संगठनलाई मजबुत बनाउन निर्देशन दिएका छन।

राप्रमसंले आयोजना गरेको काठमाडौंस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सविना कार्कीको संयोजकत्वमा गठित काठमाडौं जिल्ला कार्य समितिलाई शुभकामना दिंदै संगठनप्रति पूर्ण जिम्मेवार रही कार्य गर्न आग्रह गरे ।

राप्रमसंका केन्द्रीय अध्यक्ष कुन्तीकुमारी शाहीको सभापतित्वमा सम्पन्न सो भेलाले सविता कार्कीको संयोजकत्वमा ११ सदस्यीय काठमाडौं जिल्ला कार्य समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा सीता दाहाल, कल्पना नेपाली, विष्णुमाया डंगोल, कल्पना बस्याल, भावना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, हेमा कार्की, शितल घिमिरे, अञ्जु शर्मा र सुस्मिता थापा रहेका छन । नवगठित समितिलाई २ महिनाभित्र संगठनको काठमाडौं जिल्ला अधिवेसन सम्पन्न गर्न जिम्मेवारी दिइएको राप्रमसंले जनाएको छ ।

सो भेलामा प्रदेश नं. ३ का प्रदेशसभा सदस्य माननीय रिता माझीलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?