रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
४० पटक हेरिएको
Shares
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो

सारांश

  • रसुवा, १० साउन ।
  • रसुवा जिल्लाको टिमुरे भन्ने ठाउँमा पहिरो जाँदा चारजनाको ज्यान गएको छ ।
  • बुधबार राति लगातार आएको वर्षाका कारण पहिरोले घर बगाउँदा चारजनाको ज्यान गएको हो ।

रसुवा, १० साउन । रसुवा जिल्लाको टिमुरे भन्ने ठाउँमा पहिरो जाँदा चारजनाको ज्यान गएको छ । बुधबार राति लगातार आएको वर्षाका कारण पहिरोले घर बगाउँदा चारजनाको ज्यान गएको हो ।

पहिरोका कारण प्रहरीको चेकपोष्टसहित दुई घर बगाएको रसुवाका नायव प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । अहिलेसम्म चारजनाको शव निकालिएको प्रहरीको भनाई छ ।

चारजना पुरुषको शव भेटिएकोमा १ जनाको मात्र नाम खुलेको छ । अन्दाजी ३५ वर्षका कन्टेनर चालक सिन्धुपाल्चोक भोटेकोशी ४ का श्याम तामाङको परिचय खुलेको हो । पहिरोमा ५ जना बेपत्ता भएको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको तामाङले जानकारी दिए ।

अहिलेसम्म १२ जनाको उद्धार गरिसकिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ९ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?