गाईपालनबाट एक लाख आम्दानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
गाईपालनबाट एक लाख आम्दानी

सारांश

  • बाजुरा, २८ वैशाख ,बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो ।
  • राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ ।
  • “आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो ।

बाजुरा, २८ वैशाख ,बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ ।

“आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो । रोजगारी गर्न व्यवसाय गर्नुभन्दा विदेश जाने प्रवृत्तिको अन्त्य गर्नका लागि गाईपालन व्यवसाय थालेको उहाँको भनाइ छ । बडुवाल गाईपालन व्यवसायबाट चार महिनामा रु एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

“राजनीतिमा लागे पनि व्यवसाय नगरी समाज परिवर्तन सम्भव छैन,” उहाँले भन्नुभयो, “गाईपालनबाट मासिक रु ३० हजार आम्दानी गरिरहेको छु ।” गाईपालन गर्नकै लागि उहाँले उन्नत जातका दुईवटा गाई चितवनबाट खरिद गरेर बाजुरा ल्याएको बताउनुभयो । अहिले उहाँसँग उन्नत जातका दुईवटा जर्सी गाई र दुईवटा बाच्छा रहेका छन् ।

“एक दिनमा २८ लिटर दूध उत्पादन हुन्छ,” उहाँले भन्नुभयो । उहाँले दुग्धजन्य पदार्थ नजिकैको बजारमा बिक्री गर्दैआउनुभएको छ । बजार नजिकै भएकाले उहाँलाई दूध बिक्री गर्न समस्या छैन । गाईपालन शुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । राजनीतिमा लागेर घरव्यवहार चलाउन निकै समस्या झेलेका बडुवालले अहिले राम्रै आम्दानी गर्न थाल्नुभएको छ ।

“व्यावसायिक रुपमा गाईपालन व्यवसायलाई अगाडी बढाउने योजना छ,” उहाँले भन्नुभयो । गाईपालनसँगै दिनभरको फुर्सदको समयलाई उहाँले सदुपयोग गर्न ‘समृद्ध बडीमालिका डेरी’ सञ्चालन गर्नुभएको छ ।

जिल्लामा विभिन्न व्यवसाय गर्दैआएका किसानका लागि सहयोग गर्दै आएको जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख शंंकर सिहंले बताउनुभयो । बेरोजगार युवालाई स्थानीय तहले गाउँमै व्यवसायतर्फ उन्मुख गराउन कार्यालयले सहयोग गर्दैआएको छ । बाख्रापाललन, भैसीपालन, कुखुरापालनलगायतका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि मौसममा सुधार हुने
अमेरिका विरुद्ध प्रचण्ड मात्रै कि नेकपा नै ?
अमेरिका विरुद्ध प्रचण्ड मात्रै कि नेकपा नै ?
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
सरकारी जागिर छोडेर राजनीतिमा आएका रामेश्वर राय सांसद बने
सरकारी जागिर छोडेर राजनीतिमा आएका रामेश्वर राय सांसद बने
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ
प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’