प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ

सारांश

  • गलकोट ।
  • होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

गलकोट । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ ।

यस्तै, मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ ।

आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, “प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इञ्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो, घटना शङ्कास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्छ-अध्यक्ष दाहाल
भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्छ-अध्यक्ष दाहाल
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशमा समाजवादीका प्रतिनिधि
प्रचण्डले चितवनमा दुई वटा रेल गुड्ने बताए