ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?

सारांश

  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।
  • भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका हुन् ।
  • मोदी दुईदिने नेपाल भ्रमण गरी शनिबार स्वदेश फर्किसकेका छन् ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका हुन् । मोदी दुईदिने नेपाल भ्रमण गरी शनिबार स्वदेश फर्किसकेका छन् ।

प्रधानमन्त्री ओलीले डुबान समस्या समाधान गर्न मोदीको ध्यानाकर्षण गराएपछि नेपाल–भारत संयुक्त विज्ञप्तिको आठौंं बुदाँमा यो विषय सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । मोदी भ्रमणको अन्तिम दिन शनिबार दुवै देशले १३बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए।

आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले खबर लेखेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Jamesh Khuwa

    यो समाचर पक्कै एमालेको पत्रकारले लेखिया हो ओलि बाले एक्बचन बोलेत मर्नु अरुण त दान दिय

    Comment Author

    Basnet Bikram

    याे नेपाली जनतालाई साेधेकाे कि , अाफै पत्रकार मित्र जान्ने भयर लेखेकाेकी , हिजाे रातीकाे सपनामा साेधेकाेकी, एक्लै बर्बराउदै हिडेकेकी तर माेदीलाई काहीँ कतै सेाधेकाे छ जस्तो लाग्दैनत । मित्र

    Comment Author

    Mahendra Thakuri

    नदि नेपालको बाध ईन्डियाको बाधको चाबी ईन्डियाको साला गद्दार देशद्रोही ले भरियेको छ नेपाल,अनि घन्टा हुन्छ बिकास,,

    Comment Author

    राज बिरजंग राणा

    हामी नेपाली लाइ बिहारी कपडा लगायर मोदीलाइ अभिनन्दन गर्दा चाही तपाइको मन दुखेन ओली बा? तपाइ पनी चुकी सक्नु भयो तपाइको राष्ट्रयबाद देखी सके जनताले यो सब कला हो तपाइको… तपाइ लाइ आफ्नै भुमीमा ढाका टोपी खोलेर फेटा लगाउनु पर्ने कारण के? जब की तपाइ नेपालको प्रधानमंत्री तथा पुरा नेपालीको अभिभावक तपाइले यस्तो गर्दा गोर्खालीको सान को धज्जी उडाइ दिनु भो बधाइ छ तपाइलाइ….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?