अभिनेता अनमोल केसी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
अभिनेता अनमोल केसी पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ ।
  • केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ ।

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार उनलाई अहिले काठमाडौँ ल्याइँदै छ ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको राठौरले बताए । उनले सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए । आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
भूकम्पपीडितको राहत गोदाममा कुहियो
भूकम्पपीडितको राहत गोदाममा कुहियो
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान

तपाईंले छुटाउनुभयो कि?