मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल

सारांश

  • वैशाख ३१, काठमाण्डौ ।
  • नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल वा असफल भनेर टिप्पणी गर्न नहुने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै रावलले दुई देशबीचको सम्बन्धमा समग्रतामा के भयो भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

वैशाख ३१, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल वा असफल भनेर टिप्पणी गर्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै रावलले दुई देशबीचको सम्बन्धमा समग्रतामा के भयो भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

मोदीको नेपाल भ्रमणका क्रममा भएको १६ बुँदै संयुक्त विज्ञप्तिका बुँदा हेर्दा भविष्यमा सकारात्मक परिणाम दिने अपेक्षा रावलको छ ।

मोदीको भ्रमण नेपालका पक्षमा भयो भन्ने प्रधानमन्त्री ओलीको भनाईको खण्डन गर्दै रावलले भने, “मोदीको भ्रमण नेपाल वा भारतको पक्षमा भयो भन्दा पनि नेपाल र भारतबीचमा भएका थुप्रै समस्याहरु समाधानका लागि भएका प्रयास सकारात्मक छ ।”

भएका सम्झौता कार्यान्वयन हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीलाई बलियो बनाउन खोजेको रावलको दाबी छ ।

१६ बुँदै विज्ञप्तिलाई आफूले सकारात्मक रुपमा लिएको उनले बताए । मोदीको भ्रमणप्रति आफ्नो कुनै विमति नरहेको उनले स्पष्ट पारे ।

तर नेपाल भारतबीचका समस्या समाधानका लागि विगतमा पनि भएका मौखिक र लिखित सम्झौता कार्यान्वयन नभएकोप्रति उनले असन्तुष्टी जनाए ।

“आजसम्ममा कतिपय गर्छु भनेका कुरा गरिएको छैन । जलविद्युत, सडक, पञ्चेश्वर, हुलाकी मार्ग, महाकाली सन्धी लगायतका सम्झौता पूरा भएका छैनन् ।” उनले भने ।

प्रधानमन्त्री ओली भारत जाँदा र मोदी नेपाल आउँदा तपाईले असन्तुष्टी किन जनाउनुभएको भन्ने प्रश्नमा उनले भने, “मैले प्रधानमन्त्रीको भारत भ्रमणका बेला भ्रमण गर्नु, मिठा कुरा गर्नु राम्रो कुरा हो भनेको थिएँ । तर नेपाल–भारतबीचका समस्या एक,दुई,तीन भनेर जबसम्म समाधान हुँदैनन्, तबसम्म सम्बन्ध भयङ्कर राम्रो भयो भनेर निष्कर्ष निकाल्न सकिदैन भनेको हुँ । त्यो कुरा अहिले पनि भन्छु । यसलाई असन्तुष्टी भन्न मिल्दैन ।”

“विराटनगरमा रहेको भारतको अनधिकृत कार्यालय हट्नुपर्छ भन्नु विरोध हो ? भारतीय जनता पार्टीका सासंद किर्ते आजादले जनकपुर भारतको हो भनेर बोल्दा समर्थन गर्ने ?” रावलले प्रश्न गरे ।

आजादको अभिव्यक्तिबारे भारत सरकारले बोल्नुपर्ने रावलको भनाई छ । नेपाल र भारतबीचको सम्बन्ध समानताका आधारमा हुनुपर्ने उनको ठहर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prtik Shrestha

    Sahi kuro

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?