मोरङ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
सारांश
- अस्बिन खड्का, १ जेठ।
- थ्रीस्टार क्लब उदयपुर गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
- उदयपुर गोल्डकपको साेमवार को तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ११ लाई ४ का बिरुद्द १ गोल ले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको हाे ।
अस्बिन खड्का, १ जेठ। थ्रीस्टार क्लब उदयपुर गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
उदयपुर गोल्डकपको साेमवार को तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ११ लाई ४ का बिरुद्द १ गोल ले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको हाे ।
खेलको ३३ अाैँ मिनेटमा थ्रिस्टारका तर्फबाट बिदेशि खेलाडी अजय मार्टिन ले पहिलो गोल गरेका थिए भने फेरी मार्टिन ले नै खेलको ५९ मिनेटमा आकर्षक गोल गरे ।
२ गोलले पछि परेको मोरङ ११ का बिदेशि खेलाडी एमबाला ले खेलको ६७ मिनेटमा गोल गर्दे खेलमा बराबरी गर्ने कोशिस गरेपनि फेरी थ्रिस्टारका अनन्त तामाङले ८२ ओे मिनेट र ८९ मिनेटमा रुपेश केसीले गोल गर्दे खेल थ्रिस्टार जित निकाल्न सफल भयाे ।
खेलमा २ गोल गर्ने थ्रिस्टारका अजय मार्टिन म्यान अफ द म्याच घाेषित भए ।उनले पुरुस्कार स्वरुप ७००० रकम प्राप्त गरे।
जेठ ५ गते सम्म संचालन हुने उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको थरुहट रंगशालामा भइरहेको छ । विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको ३ लाख रुपैयाँ पाउनेछन ।
प्रतिक्रिया