पर्सामा ६५ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५१ पटक हेरिएको
Shares
पर्सामा ६५ प्रतिशत मतदान

सारांश

  • वीरगन्ज, २१ मंसिर , प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।
  • मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताउनुभयो ।
  • दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्लाका मतदाताले १७६ मतदानस्थल तथा ३५१ मतदान केन्द्रबाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

वीरगन्ज, २१ मंसिर , प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताउनुभयो । दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्लाका मतदाताले १७६ मतदानस्थल तथा ३५१ मतदान केन्द्रबाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदानपछि आजै अबेर रातिसम्म मतपेटिका सदरमुकाम वीरगञ्ज ल्याइने र शुक्रबार बिहानदेखि मतगणना हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?