सशस्त्र समूहको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सशस्त्र समूहको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु

सारांश

  • नाइजेरिया, १ जेठ ।
  • नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् ।
  • उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

नाइजेरिया, १ जेठ । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ । स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए ।

“आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ”, गुसाउमा सोमबार बिहान गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भने । सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दोष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?