पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार

सारांश

  • काठमाडौं, १५ भदौ ।
  • ए–प्लाष्टिक एनेमिया नामक रोगबाट पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार संघ नेपाल बागलुङका सचिव विजय रानाको उपचार सहयोगार्थ दक्षिण कोरियाबाट १ लाख १८ हजार ६ सय ५९ रुपैयाँ प्राप्त भएको छ ।
  • उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा शिखरन्युज डटकमका सम्पादक उदय जीएमले आज पत्रकार रानालाई हस्तान्तरण गरेका छन् ।

काठमाडौं, १५ भदौ । ए–प्लाष्टिक एनेमिया नामक रोगबाट पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार संघ नेपाल बागलुङका सचिव विजय रानाको उपचार सहयोगार्थ दक्षिण कोरियाबाट १ लाख १८ हजार ६ सय ५९ रुपैयाँ प्राप्त भएको छ ।

उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा शिखरन्युज डटकमका सम्पादक उदय जीएमले आज पत्रकार रानालाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका अवसरमा सुरेन्द्र शर्मा चालिसेको पनि सहभागिता रहेको थियो ।

“ए–प्लाष्टिक एनेमिया” (रगत उत्पादन नहुने) रोगबाट ग्रसित रानाको उपचारमा हालसम्म २४ लाख रुपैयाँ खर्च भइसकेको छ । उनको उपचारका लागि रोजगारीका सिलसिलामा विभिन्न देशमा गएका दानवीरहरुले विशेष सहयोग संकलन गरी पठाउने क्रम जारी रहेको छ । यसक्रममा वैदेशिक रोजगारको सिलसिलामा जैमिनी नगरपालिका वडा नं ७ जैदीबाट दक्षिण कोरिया पुगेका युवाहरुको विशेष सक्रियतामा उक्त रकम संकलन भएको हो । बाग्लुङ सम्पर्क समिति दक्षिण कोरिया र कोरियामा रहेका नेपाली समुदायहरुको सहयोगका साथै नेपाली एकता समाज दक्षिण कोरियाको संयोजनमा उक्त रकम संकलन गरिएको हो ।

दक्षिण कोरियामा रहेका सहयोग संकलनका अभियन्ता विदुर शर्माले आफ्नो गास कटाएर भए पनि एउटा पत्रकारको जीवनरक्षाका लागि सहयोगी बन्न पाएकोमा कोरियावासी नेपालीहरु खुशी भएको बताए । उनले भने, “धेरै कम मानिसमा देखिने यो रोग आफ्नै गाउँठाउँको मानिसलाई लाग्दा निकै दुःख लाग्यो । यहाँ अभियान सञ्चालन गरेर होस्टेमा हैंसे गर्न पायौं, यसमा आत्मसन्तुष्टि मिलेको छ ।”

पत्रकार विजय राना बागलुङबाट प्रकाशित हुने परिसूचन साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् । लामो समयदेखि उनी राजधानीस्थित सिभिल हस्पिटलमा उपचाररत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?