प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

सारांश

  • हेटौँडा, १ जेठ ,प्रदेश नं ३ नं प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५÷७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गर्नुभएको छ ।
  • सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरीसदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।
  • आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिनुभयो ।

हेटौँडा, १ जेठ ,प्रदेश नं ३ नं प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५÷७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गर्नुभएको छ ।

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरीसदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।

आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कोइरालाले प्रमाणित गर्नुभएको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक रस्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बसेको दोस्रो प्रदेशसभाको बैठकले भक्तपुर–१(क) बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारका क्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?