पूर्वाधार विकासमा जोड दिन्छु: मन्त्री केसी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
पूर्वाधार विकासमा जोड दिन्छु: मन्त्री केसी

सारांश

  • युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कलंकी–नागढुंगा सडक छिटो निर्माण सम्पन्न गर्न कालोपत्र गर्ने कार्य शुरु भइसकेको बताउनुभएको छ ।
  • आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र १० का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका मन्त्री केसीले कीर्तिपुर सतुंगलमा आज आयोजित घरदैलो कार्यक्रममा सो जानकारी दिनुभएको हो ।
  • कार्यक्रममा मन्त्री केसीले क्षेत्र नम्बर १० को शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता पूर्वाधार विकासमा उल्लेखनीय योगदान गरेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कलंकी–नागढुंगा सडक छिटो निर्माण सम्पन्न गर्न कालोपत्र गर्ने कार्य शुरु भइसकेको बताउनुभएको छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र १० का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका मन्त्री केसीले कीर्तिपुर सतुंगलमा आज आयोजित घरदैलो कार्यक्रममा सो जानकारी दिनुभएको हो ।

कार्यक्रममा मन्त्री केसीले क्षेत्र नम्बर १० को शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता पूर्वाधार विकासमा उल्लेखनीय योगदान गरेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो क्षेत्रका मतदाताले कलंकी–नागढुंगा सडक निर्माण कार्य छिटो पूरा गर्न, सडक विस्तारका क्रममा परेका घर तथा जग्गाको उचित मुआब्जा दिन मागसमेत गर्नुभएको थियो ।

काँग्रेस नेतासमेत रहनुभएका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्याधिक मतले पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
नेम्बाङ भन्छन्- ‘संविधान संशोधनको छलफल हो भने आउँदिन’
नेम्बाङ भन्छन्- ‘संविधान संशोधनको छलफल हो भने आउँदिन’
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो
यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन
यसकारण जोशी काे प्रधानन्यायाधीश पद धरापमा, विकल्पमा मिश्रकाे सम्भावना बलियाे !
यसकारण जोशी काे प्रधानन्यायाधीश पद धरापमा, विकल्पमा मिश्रकाे सम्भावना बलियाे !
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी गर्छिन् दिलकुमारी
दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी गर्छिन् दिलकुमारी