पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
सारांश
- काठमाडौं, ३ जेठ ।
- एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ ।
- प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले आज घोषणा गर्न लागिएको पार्टी एकताको विषयलाई अनुमोदन गर्दैछ ।
काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले आज घोषणा गर्न लागिएको पार्टी एकताको विषयलाई अनुमोदन गर्दैछ ।
बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाई घण्टा लामो छलफलबाट पार्टी एकताको प्रक्रिया टुंगोमा पुगेको थियो । उक्त सहमतिलाई दुबै पार्टीको बैठकले अनुमोदन गरिसकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेको थियो । उक्त बैठकले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको थियो । माओवादी केन्द्रले पनि पार्टी कार्यालयको विस्तारित बैठक बसालेर पार्टी एकतामा भइरहेका प्रगतिबारे छलफल गरी यो विषयलाई टुंगो लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया