कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १७ जेठ ।
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
  • बोर्डको आज बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

भक्तपुर, १७ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको आज बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

असार ८ गतेदेखि सञ्चालन गर्न तय गरिएको परीक्षा सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा अगाडि सारिएको हो ।

दोस्रो चरणको चुनावका कारण छिटो परीक्षा लिने काम सम्पन्न गर्न शनिबारसमेत परीक्षा सञ्चालन हुने रिमालले बताउनुभयो । बोर्डको शैक्षिक क्यालेण्डरअनुसार वैशाख २४ गतेदेखि परीक्षा सञ्चालन हुनुपर्ने भए पनि स्थानीय तहको निर्वाचनका कारण पटकपटक मिति सारिँदा विद्यार्थी अन्योलमा पर्दै आएका थिए ।

परीक्षामा चार लाख ४९ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?