एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !

सारांश

  • काठमाडाै, ३ जेठ ।
  • पार्टी एकीकरण गर्न जुटेका एमाले–माओवादीले आ–आफ्ना केन्द्रीय कमिटी विघटन भएको घोषणा गरेका छन् ।
  • बिहिवार दिउँसो बसेका दुवै पार्टीका केन्द्रीय बैठकले केन्द्रका कमिटीहरू विघटन भएको घोषणा गरेका हुन् ।

काठमाडाै, ३ जेठ । पार्टी एकीकरण गर्न जुटेका एमाले–माओवादीले आ–आफ्ना केन्द्रीय कमिटी विघटन भएको घोषणा गरेका छन् ।

बिहिवार दिउँसो बसेका दुवै पार्टीका केन्द्रीय बैठकले केन्द्रका कमिटीहरू विघटन भएको घोषणा गरेका हुन् । दुवै पार्टीबाट गठित पार्टी एकता संयोजन समितिको बिहान बसेको बैठकले एकताको घोषणा आजै गर्ने अनुमोदन गरेको एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

साँझसम्म एकता गर्ने तयारीमा दुवै पार्टी जुटेका छन् । राष्ट्रिय सभागृहमा एकता गर्ने र त्यहीँबाट दुवै पार्टीका नेताहरू सम्मिलित केन्द्रीय कमिटी घोषणा गर्ने तयारी चलिरहेको छ । एकीकृत पार्टीको नाम, झन्डा, चुनाव चिह्न र पार्टी सञ्चालनको हाइकमाण्ड समूहको एकैचोटि घोषणा हुने संयोजन समितिका सदस्यहरूले बताएका छन् ।

एकतापछि ९ सदस्यीय पार्टी सञ्चालन हाइकमाण्ड बन्ने भएको छ । यसको प्रवक्तामा नारायणकाजी श्रेष्ठ रहने स्रोतले जनाएको छ ।

एमालेका विष्णु पौडेलले हाइकमाण्डको महासचिव पाउने सम्भावना बढेको छ । हाइकमाण्ड टिममा दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबबहादुर थापा बादल, ईश्वर पोखरेल र विष्णु पौडेल रहने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
विर्तामोड नगरपालिककाको वडा कार्यालयमा बम विस्फोट
मध्यपूर्वकी नेपाली मोडल चाँदनी
मध्यपूर्वकी नेपाली मोडल चाँदनी
भारतको पुनेमा नेपाली फिल्म
भारतको पुनेमा नेपाली फिल्म
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
उत्तर कोरियाली लगानी नेपालमा पुरै बन्द
उत्तर कोरियाली लगानी नेपालमा पुरै बन्द
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ

तपाईंले छुटाउनुभयो कि?