सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
सारांश
- उदयपुर, ४ जेठ- उदयपुरमा जारी पाँचौं रमपम गोल्डकप प्रतियोगितामा सुनसरी ११ लाई हराउँदै मनाङ-मर्स्याङदी फाइनलमा प्रवेश गरेको छ।
- स्थानीय थरुहट रंगशालामा भएको खेलमा मनाङको तर्फबाट विदेशी खेलाडी भिक्टर ले २३ औं मिनेट, बिमल रानाले ७५ मिनेटमा गोल गरेका थिए ।
- एक अर्को गोल सुनसरीका तर्फबाट नै आत्मघाती भएको थियो ।
उदयपुर, ४ जेठ- उदयपुरमा जारी पाँचौं रमपम गोल्डकप प्रतियोगितामा सुनसरी ११ लाई हराउँदै मनाङ-मर्स्याङदी फाइनलमा प्रवेश गरेको छ।
स्थानीय थरुहट रंगशालामा भएको खेलमा मनाङको तर्फबाट विदेशी खेलाडी भिक्टर ले २३ औं मिनेट, बिमल रानाले ७५ मिनेटमा गोल गरेका थिए । एक अर्को गोल सुनसरीका तर्फबाट नै आत्मघाती भएको थियो ।
सुनसरी ११ को तर्फबाट निशान लिम्बुले २८ औं मिनेट र ६४ मिनेटमा सुजल लिम्बुले गोल गरेका थिए । दुवै टिमले गोल गर्ने अवसरबाट चुकेका थिए ।
मनाङ मर्स्याङदीले सुनसरी ११ लाई २ का विरूद ३ गोल गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो । खेलमा ‘म्यानअफ द म्याच’ डोना थापाले पाएका छन् । भोलि शनिवार मनाङले उपाधिको लागि थ्रीस्टारसँग फाइनल भिड्नुपर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया