केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२९ पटक हेरिएको
Shares
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?

सारांश

  • काठमाडौं, माघ २१ ।
  • नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले एमाले अध्यक्ष केपी ओलीले मुलुकमा प्रत्यक्ष रुपमा वाह्य हस्तक्षेप निम्त्याएको बताएका छन् ।
  • भारतीय विदेशमन्त्री सुष्मा स्वराज अचानक नेपाल आएर फर्कनुभएको सन्दर्भ कोट्याउँदै नेता खाणले भारतीय विदेशमन्त्रीलाई नेपाल बोलाउनुको कारणसहितको प्रष्ट जवाफ एमाले अध्यक्ष ओलीले दिनुपर्ने जिकीर गरेका हुन् ।

काठमाडौं, माघ २१ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले एमाले अध्यक्ष केपी ओलीले मुलुकमा प्रत्यक्ष रुपमा वाह्य हस्तक्षेप निम्त्याएको बताएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज अचानक नेपाल आएर फर्कनुभएको सन्दर्भ कोट्याउँदै नेता खाणले भारतीय विदेशमन्त्रीलाई नेपाल बोलाउनुको कारणसहितको प्रष्ट जवाफ एमाले अध्यक्ष ओलीले दिनुपर्ने जिकीर गरेका हुन् ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ रुपन्देहीको सातौंँ जिल्ला अधिवेशनको बुटवलमा उदघाटन गर्र्दै खाणले बाहिर भाषणमा राष्ट्रवादको नारा लगाउने र भित्री रुपमा आफूलाई प्रधानमन्त्री बनाउनका लागि भारतको चाकडी गरेर त्यहाँका विदेशमन्त्रीलाई असान्दर्भिक रूपमा बोलाएको दाबी गरे ।

भारतीय विदेशमन्त्री किन र केका लागि नेपाल आउनुभयो भन्ने कुरा रहश्यमै रहेको तर्क गर्दै नेता खाणले यस्तो हस्तक्षेपको अवस्था एमालेले निम्त्याएको धारणा अघि सारे । ‘काङ्ग्रेसलाई भारतीय इशारामा चलेको पार्टी भन्दै जनतामा भ्रम फैलाउँदै आएको एमाले स्वयम्ले भारतको इशारामा को चल्दो रहेछ भन्ने प्रष्ट पारेको खाणको भनाई थियो । उनले भने– ‘छिमेकी मुलुक भारतका शासक र नेपालका कम्युनिष्टहरू नेपाली काङ्ग्रेस र लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउन लागिरहेका छन्् । तर जनता त्यसको विपक्षमा रहेका छन् ।’

६५ वर्ष पूरा गरेकालाई वृद्धभत्ता र गम्भीर प्रकृतिका बिरामीलाई भत्ता दिने वर्तमान सरकारको निर्णयलाई विरोध गर्ने एमाले अध्यक्ष ओलीले आफ्नो उपचारका लागि राज्य ढुकुटीबाट लगेको १७ करोडभन्दा बढी रकम फिर्ता गर्न समेत खाणले चुनौती दिए ।

यस्तै, काङ्ग्रेस पार्टीले निर्वाचनमा भोगेको पराजयले सशक्त प्रतिपक्षको भूमिका तय गरेकाले परिवर्तित समयअनुसारको काङ्ग्रेस बनाउन सबै लाग्नुपर्ने पनि उनले बताए ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सहअध्यक्ष ओमप्रकाश उपाध्याय, प्रदेश सभा सदस्य पुष्पा चौधरी, नेपाली काङ्ग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाण, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाल ट्रेड युनियन काङ्ग्रेस रुपन्देहीका अध्यक्ष तथा महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, प्रजातान्त्रिक विचार समाज रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सेवा निवृत्त संघका सदस्यहरूलाई त्यस अवसरमा प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । शनिबार बुटवलमा सम्पन्न अधिवेशनले रामप्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको चार उपाध्यक्षमा भीमप्रसाद ज्ञवाली, रेखा गौतम रिजाल, सुरेन्द्रप्रसाद द्विवेदी र वासुदेव पाण्डे, सचिवमा धनलाल अर्याल, कोषाध्यक्षमा रमेश रिजाल तथा सहसचिवमा तिलकराम गौतम र श्रीमाया राना सर्वसम्मत भएका छन् ।

समितिको सदस्यहरुमा ध्रुवराज घिमिरे, झविन्द्र शर्मा, नन्दराम पौडेल, बालकृष्ण कँडेल, सागरप्रसाद गौतम, कल्पना भुसाल पाण्डे, नारायण कुँवर, ओमनारायण यादव र राजेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, संघको केन्द्रीय प्रतिनिधिमा केदारनाथ शाह, मोतिप्रसाद पौडेल, नमनारायण वेलवासे, नेत्रबहादुर राना, लक्ष्मीराज रेग्मी, विश्वबन्धु विनयी, होमप्रसाद खनाल, युवराज पाण्डे, माधवप्रसाद पन्थी, उर्मीला गुरुङ, बबिता न्यौपाने र बालकृष्ण कँडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Barailee

    बिच्किनु को प्रमुख कारण कांग्रेस लाई भाउ नदिनु हो !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल
एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
सन्दीप लामिछानेले किन नखेल्ने भए सागमा क्रिकेट ?
सन्दीप लामिछानेले किन नखेल्ने भए सागमा क्रिकेट ?
अब सरकार विरुद्ध बोल्ने कर्मचारी कारवाहीमा पर्ने
अब सरकार विरुद्ध बोल्ने कर्मचारी कारवाहीमा पर्ने
पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’
पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’
बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न
बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा

तपाईंले छुटाउनुभयो कि?