नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
सारांश
- दाङ, ५ जेठ ।
- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल दाङ आउन थालेका छन् ।
- नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४ औं स्मृति दिवसका अवसरमा घोराहीमा हुने कार्यक्रमलाई सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नेपाल लगायतका नेताहरु दाङ आउन थालेका हुन् ।
दाङ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल दाङ आउन थालेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४ औं स्मृति दिवसका अवसरमा घोराहीमा हुने कार्यक्रमलाई सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नेपाल लगायतका नेताहरु दाङ आउन थालेका हुन् ।
विगतमा नेकपा एमालेले मनाउँदै आएको नेत्रलाल पौडेल अभागीको स्मृति दिवस नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि संयुक्त रुपमा मनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने ३४ औं नेत्रलाल स्मृति दिवसका अवसरमा घोराही उपमहानगरपालिकाको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले शुक्रबार बेग्ला बेग्लै विज्ञप्ति जारी गरेर कार्यक्रममा सहभागिताका लागि आव्हान गरेको छ ।
नेपालमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमपछि आयोजना गरिएको कार्यक्रमलाई नेकपाका वरिष्ठ नेता नेपाल लगायत स्थायी कमिटी सदस्य युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य एवं ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दाङ आउन थालेका हुन् । त्यसैगरी नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्मा “प्रभाकर” लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले उपमहानगरपालिकाको हलमा जेठ ६ गते विहान ११ बजे आयोजना गरिएको स्मृति दिवस कार्यक्रममा सहभागी हुन कम्युनिष्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक अपिल गरेका छन् । दङ्गाली धरतीका सतिसाल नेत्रलाल पौडेल अभागीको २०४१ साल जेठ ६ गतेका दिन निधन भएको थियो । उनी तत्कालीन अवस्थामा नेकपाका केन्द्रीय सदस्य थिए ।
Manoj Kafle
Ho ta ni kin aay ?? ?????