किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?
सारांश
- काठमाडौं, ६ जेठ ।
- विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघ २२ गते हुन गइरहेको (डब्लुएफडीवाई) को कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको नेपालमा भेला हुँनेभएकाे छ ।
- भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्ने अायाेजकले बताएकाे छ ।
काठमाडौं, ६ जेठ । विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघ २२ गते हुन गइरहेको (डब्लुएफडीवाई) को कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको नेपालमा भेला हुँनेभएकाे छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्ने अायाेजकले बताएकाे छ ।
कार्यक्रमको लागि विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघका अध्यक्ष निकोलस पापाडिमित्र्यु, उपाध्यक्षलगायत संगठनको मुख्यालय टोली आइतबार (आज) काठमाडौं आइसकेका छन् ।
विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघमा आबद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी लिन काठमाडौं आएका हुन् । विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु सदस्य रहेका छन् ।
उनीहरुलाई स्वागत गर्न तत्कालिन अनेरास्ववीयु अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन, युवा संघका सचिव सन्तोष रावल, युवा संघका केन्द्रीय सदस्य सुन्दर भुषाललगायत विमानस्थल पुगेका थिए ।
कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको सहभागिता रहने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले जानकारी दिए । कार्यक्रमबारे विस्तृत जानकारी दिन भोलि (सोमबार) पत्रकार सम्मेलन गरिने पुनले बताए ।
विश्व कम्युनिष्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपूर्ण शक्ति बन्न पुगेको छ । दार्शनिकहरूले केवल संसारको विभिन्न प्रकारले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो ।
कम्युनिष्ट आन्दोलनमा लागेका कतिपय व्यक्तिहरु मुलतः सिद्दान्तको पक्षमा भन्दा पनि नेतृत्व र शक्तिका पछाडी लाग्ने वा नेतृत्वको दलाली गर्ने र आफू अगाडि जाने प्रवृतिहरु देखा पर्ने गरेका कारण कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि लैजाने भन्नेबारे चर्चा हुने नविना लामाले जानकारी दिइन् । यो भन्दा अगाडी रसियामा भ्लादमिर पुटिनले युवा कम्युनिष्टको उद्घाट्न गरेको र विश्वको युवा एक भएको थियो ।
यस्तो छ संगठनको उद्देश्य ?
विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संगठन ‘डब्लूएफडीवाई’ एक अन्तर्राष्ट्रिय युवा संगठन हो । जसलाई संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय युवा गैरसरकारी संगठनको रुपमा मान्यता दिएको छ ।
यसले ऐतिहासिक रुपमा साम्राज्यवादको विरोध र आफूलाई वामपन्थीको रुपमा चित्रित गर्दै आएको छ । यसको स्थापना सन् १९४५ मा लण्डनमा भएको थियो ।
यस संगठनले स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय युवा आन्दोलनको रुपमा काम गर्दै आएको छ । यो संगठनको उद्देश्य दोस्रो विश्वयुद्धको अन्त्यको लागि सहयोगी राष्ट्रका युवाहरुलाई एकजुट गराउनु, परमाणु युद्वको विरोध गर्नु, पूँजिवादी र समाजवादी राष्ट्रका युवाबीच भातृत्वको भावना पैदा गर्नु र शान्तीको आह्वान गर्न रहेको छ ।
प्रतिक्रिया