रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको तालिम सम्पन्न
सारांश
- बुटवल , ७ जेठ ।
- बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउनको संयुक्त आयोजनामा भएको अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ को समापन भएको छ ।
- युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको तालिममा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले प्रशिक्षण दिनु भएको थियो ।
बुटवल , ७ जेठ । बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउनको संयुक्त आयोजनामा भएको अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ को समापन भएको छ ।
युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको तालिममा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले प्रशिक्षण दिनु भएको थियो ।
कोटीहवामा रहेको टाईगर प्यालेश रिर्सोटमा ३ दिन सम्म चलेको तालिमामा नेपाल र भारतका गरी ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
समापन समारोहमा बोल्दै सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको बताउँदै आफ्ना खराव आचारणहरु हटाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । जेसीआई ईण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिकले नेपाल र भारतका दुई शाखाले आयोजना गरेको तालिमले दुई देशका युवाहरुको सम्वन्ध मजवुत बनाउन सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारी, जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष विनित पौदार, कार्यक्रम संयोजकद्धय नरदेव न्यौपाने, पुनित अग्रवालले बोल्दै तालिम फलदायी भएको बताउनु भयो ।
प्रतिक्रिया