बुढीबजारमा दीप आइसक्रिम उद्योग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
७५ पटक हेरिएको
Shares
बुढीबजारमा दीप आइसक्रिम उद्योग

सारांश

  • पोखरा, ८ जेठ ।
  • पोखरा २६ बुढीबजारमा दीप आइसक्रिम उद्योग सञ्चालनमा आएको छ ।
  • उद्योगको प्रदेश नम्बर ४ का कृषि मन्त्री लेखबहादुर थापाले सोमबार उद्घाटन गरे ।

पोखरा, ८ जेठ ।

पोखरा २६ बुढीबजारमा दीप आइसक्रिम उद्योग सञ्चालनमा आएको छ । उद्योगको प्रदेश नम्बर ४ का कृषि मन्त्री लेखबहादुर थापाले सोमबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।

करिब ८० लाख लगानी रहेको आइसक्रिम उद्योगले पार्टी प्याक, चोकोबार, खुवाको कुल्फी, पप्स, ट्वान्टी वान लभ लगायतका आइसक्रिम उत्पादन गर्ने उद्योगका सञ्चालक पम्फा देवकोटाले जानकारी दिइन् । उद्योगमा देवकोटा र रामचन्द्र अधिकारीको लगानी छ ।

उद्योगका सञ्चालक पम्फा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २६ का वडाध्यक्ष नारायण बराल, डेरी एसोसिएसन केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका अध्यक्ष शारदा बस्नेत, उपाध्यक्ष शान्ति थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?