ओली र मोदीको सम्बन्ध प्रगाढः परराष्ट्रमन्त्री ज्ञवाली
सारांश
- परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।
- प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले ओली र मोदीको केमेष्ट्री मिलेको बताएका हुन् ।
- आगामी दिनमा दुई प्रधानमन्त्रीबीचको सम्बन्ध झन राम्रो हुने मन्त्री ज्ञवालीको दावी छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले ओली र मोदीको केमेष्ट्री मिलेको बताएका हुन् । आगामी दिनमा दुई प्रधानमन्त्रीबीचको सम्बन्ध झन राम्रो हुने मन्त्री ज्ञवालीको दावी छ ।
मन्त्री ज्ञवालीले नेपाल भारत प्रवृद्ध समुहले तयार पारेको इपिजी प्रतिवेदन भारतका प्रधानमन्त्री मोदीले छिटै स्वीकार गर्ने पनि बताए । पछिल्लो समय विगतमा भन्दा ओलीको अन्तराष्ट्रिय छवी राम्रो भएको दावी मन्त्री ज्ञवालीले गरेका छन् ।
यो पनि पढ्नुस्
सञ्चारमन्त्री बाँस्कोटामाथि खनिए सांसद मानन्धर

नेकपाका सांसद रामवीर मानन्धरले सुचना, प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने अडान दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मानन्धरले गुठी विधेयकको विरोध गर्ने गुठियारलाई सामन्ती भनेकोमा आक्रोष पोखेका हुन् । “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।” उनले भने ।
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।
मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने । मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।
गुठी विधेयकको चौतर्फि विरोध र आलोचना भएपछि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका जनप्रतिनिधिलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलपछि गुठी विधेयक फिर्ता लिन ओली सकरात्मक देखिएका छन् ।
प्रतिक्रिया