राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !
सारांश
- काठमाडौं, ८ जेठ ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपति शम्शेर राणा र प्रकाश चन्द लाेहनीलार्इ पार्टी अध्यक्ष हस्तान्तरण गर्न तयार भएकाे बताएका छन ।
- थापाले देशमाअहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएको बताउदै राष्ट्रवादी शक्तिको अभाव खड्किएकोले राप्रपाबाटै फुटेर भिन्न पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणा र डा.
काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपति शम्शेर राणा र प्रकाश चन्द लाेहनीलार्इ पार्टी अध्यक्ष हस्तान्तरण गर्न तयार भएकाे बताएका छन ।
थापाले देशमाअहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएको बताउदै राष्ट्रवादी शक्तिको अभाव खड्किएकोले राप्रपाबाटै फुटेर भिन्न पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणा र डा. प्रकशचन्द्र लोहनीसँग पार्टी एकताको प्रस्ताव राखेका छन ।
उनले ट्विट गर्दै भनेका छन ‘देशलाई अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता छ एकअर्कालाई आरोप–प्रत्यारोप गर्न छाडौं पार्टी एकता गरौं । तपाईहरु चाहानुहुन्छ भने पार्टी अध्यक्षसमेत हस्तान्तरण गर्न तयार छु ।
राप्रपा केन्द्रीय परिषद बैठकबाट पशुपतीजी र प्रकाशजीलाई आहावान:
देशलाई अहिले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता छ।एकअर्कालाई आरोपप्रत्यारोप गर्न छाडौं, पार्टी एकता गरौं। तपाईहरु चाहनु हुन्छ भने पार्टी अध्यक्ष समेत हस्तान्तरण गर्न तयार छु pic.twitter.com/TVZjR9mVKD— Kamal Thapa (@KTnepal) May 21, 2018
प्रतिक्रिया