संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशमा मिश्र कि राणा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशमा मिश्र कि राणा ?

सारांश

  • काठमाडौं, ७ भदौ ।
  • प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।
  • सर्वोच्चको प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ओमप्रकाश मिश्र वा चोलेन्द्र शमशेर राणामध्ये कसलाई सिफारिस गर्छ भन्ने कौतुहलको विषय बनेको छ ।

काठमाडौं, ७ भदौ । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ । सर्वोच्चको प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ओमप्रकाश मिश्र वा चोलेन्द्र शमशेर राणामध्ये कसलाई सिफारिस गर्छ भन्ने कौतुहलको विषय बनेको छ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर सर्वोच्च अदालतको इतिहासमै परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको थियो । जोशी अस्वीकृत भएसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो ।

परिषद्को बैठक लागि अपरान्ह ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन् । परिषद्ले यी दुईमध्ये एक नाम सिफारिस गर्नुपर्नेछ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको बताइएको छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नवीनकुमार घिमिरेले पाएका छन् । प्रमुख आयुक्तका लागि घिमिरेसहित पूर्वमुख्यसचिव लिलामणि पौडेल, राजेन्द्रकिशोर क्षेत्री, युवराज संग्रौला लगायतका आकांक्षी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Mishra nai hunuparchha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० किलो चरेशसहित पक्राउ
५० किलो चरेशसहित पक्राउ
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी
सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
मिस र मिस्टर शेर्पाको अडिसन सम्पन्न
मिस र मिस्टर शेर्पाको अडिसन सम्पन्न
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ