अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे: सन्दीप लामिछाने
सारांश
- काठमाडाै, ८ जेठ ।
- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फर्किएका छन्।
- आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए।
काठमाडाै, ८ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फर्किएका छन्।
आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए। आइतबार मात्रै मुम्बईविरुद्ध उनले ३ विकेट लिएका थिए। त्यसअघि मुम्बई र बैंग्लोरविरुद्ध उनले १–१ विकेट लिएका थिए।
नेपाली युवाले अाइपिएलमा अवसर पाएकाे याे पहिलाे पटक थियाे।
अवसर सदुपयाेग गरेँ : सन्दीप
विमानस्थलमा सन्दीपलाइ स्वागत गर्न सयाैं नेपाली क्रिकेटप्रेमी पुगेका थिए। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे। पाएकाे अवसर राम्राेसँग सदुपयाेग गरेँ।’
सन्दीपलाई लिन राष्ट्रिय टिमका कप्तान पारस खड्का पनि त्रिभुवन विमानस्थल पुगेका थिए।
प्रतिक्रिया