वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन

सारांश

  • काठमाडौं, ६ जेठ ।
  •   गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर नेपाल वित्तीय संस्था संघको अध्यक्षमा चयन भएका छन् ।
  • शुक्रबार राजधानीमा सम्पन्न संघको २२ औं वार्षिक साधारणसभाबाट प्रमुख कार्यकारी अधिकृत तुलाधर दोस्रो कार्यकालका लागि संघको अध्यक्षमा चयन भएका हुन् ।

काठमाडौं, ६ जेठ ।  गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर नेपाल वित्तीय संस्था संघको अध्यक्षमा चयन भएका छन् ।

शुक्रबार राजधानीमा सम्पन्न संघको २२ औं वार्षिक साधारणसभाबाट प्रमुख कार्यकारी अधिकृत तुलाधर दोस्रो कार्यकालका लागि संघको अध्यक्षमा चयन भएका हुन् ।  साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईलाई चयन गरेको छ भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला चयन भएका छन् ।

साधारणसभाले संघको कार्यकारी सदस्यहरुमा रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं, ललितपुर फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने चयन भएका छन् । कार्यसमिति सबै सर्व–सम्मत चयन भएका हुन् ।

यसैगरी अध्यक्ष तुलाधरले शुक्रबार नै दुई कार्यकारी सदस्यलाई मनोनित समेत गरेका छन् । अध्यक्ष तुलाधरले सिटि एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोगेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरेका हुन् ।
संघको ५ सदस्यीय सल्लाहका समिति समेत हुने व्यवस्था छ । शुक्रबारको साधारणसभामा नै अध्यक्ष तुलाधरले ५ सदस्य सल्लाहकार समिति मध्ये ३ जनालाई मनोनित गरेका छन् । उनले आईसीएफसी फाइनान्सका उप प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, रिलायन्स फाइनान्सका उप–प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र जानकी फाइनान्सका महाप्रवन्धक रजनिशकुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेका हुन् ।

साधारणसभामा बोल्दै अध्यक्ष तुलाधरले फाइनान्स कम्पनीहरु वलियो र वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धा गर्न सक्षम भएको बताए । नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुलाई पूर्ण सहयोग गरेको भन्दै अध्यक्ष तुलाधरले राष्ट्र बैंकको सहयोगकै कारण फाइनान्स कम्पनीहरु सक्षम भएको बताए । कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वाशुदेव अधिकारीले पछिल्लो समय फाइनान्स कम्पनीहरु मजवुद बन्दै गएको भन्दै प्रसंशा गरे ।

संघको निर्वाचन पूर्व साधारणसभामा तत्कालिन महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने तत्कालिन कोषाध्यक्ष (हाल महासचिव) दिनेशलाल श्रेष्ठले आर्थिक एवं लेखापरीक्षण प्रतिवेदन निर्णयार्थ पेश गरेका थिए । उक्त प्रतिवेदन साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको संघका कार्यालय सचिव सन्तोषकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान
संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
आज काठमाडौं महानगरमा सार्बजनिक बिदा
आज काठमाडौं महानगरमा सार्बजनिक बिदा
जम्मु–कश्मिरको पुलवामामा फेरि आतंकवादी आक्रमण
जम्मु–कश्मिरको पुलवामामा फेरि आतंकवादी आक्रमण
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
‘बुढीगण्डकी बचाउन’ नयाँ शक्तिका युवा धर्नामा
‘बुढीगण्डकी बचाउन’ नयाँ शक्तिका युवा धर्नामा
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता  : महासचिव पोखरेल
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : महासचिव पोखरेल
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन