गाई काटेको भन्दै ३ जना पक्राउ गरी मुद्दा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
गाई काटेको भन्दै ३ जना पक्राउ गरी मुद्दा

सारांश

  • स्याङ्जा, ९ जेठ – स्याङ्जाको चापाकोट चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।
  • वडा प्रहरी कार्यालय वालिङका अनुसार चापाकोट ३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई गाई काटेको भन्दै पक्राउ गरी मुद्दा चलाएको हो ।
  • प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।

स्याङ्जा, ९ जेठ – स्याङ्जाको चापाकोट चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार चापाकोट ३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई गाई काटेको भन्दै पक्राउ गरी मुद्दा चलाएको हो । प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।

सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?