राष्ट्रकवि घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रकवि  घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !

सारांश

  • काठमाडौँ,  ९ जेठ ।
  •   राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।
  • विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।

काठमाडौँ,  ९ जेठ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।

विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।

परिवार स्रोतका अनुसार ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकविको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको थियो ।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको थियो ।

९९ वर्षिय राष्ट्रकवि बिरामी भएर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएपछि सोमबार साँझ प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर उपचार बारे जानकारी लिँदै उनीसँग भेट गरेका थिए । प्रम ओलीले नै नेपालमा उपचार सम्भव नभए विदेश लगेर भएपनि उपचार गरिने र त्यसको सबै खर्च सरकारले बेहोर्ने बताएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sombikram Thapa

    Get well soon

    Comment Author

    Adv.Deepak Shrestha

    Get well soon…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइसेन्स दिन १ लाख घुस लिन लाग्दा …
लाइसेन्स दिन १ लाख घुस लिन लाग्दा …
मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का
मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का
पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता?
पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता?
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
1xbet Mobil Versiyası: Ümumi Baxış, Necə Mərc Etmək Olar
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए
अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए

तपाईंले छुटाउनुभयो कि?