लिलीबिली’ लफडा: गोेविन्द शाहीको नाममा चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घमा उजुरी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ९ जेठ ।
  • अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’का निर्माताहरू बिच यति बेला लफडा सुरु भएको छ ।
  • गत चैत्र ३० गतेबाट रिलिज भएको चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन् ।

काठमाडाै, ९ जेठ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’का निर्माताहरू बिच यति बेला लफडा सुरु भएको छ ।

गत चैत्र ३० गतेबाट रिलिज भएको चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई मिलन स्वयंमले निर्देशन गरेका हुन् । चलचित्र प्रदर्शनको क्रममा नै निर्माताहरू बिच मनमुटाव भएको समाचार बाहिरिएको थियो । तर यो विषयले यतिमै सेलाएको थियो।

बरु प्रदर्शन पछि निर्देशक तथा निर्माता रहेका मिलन चाम्सले चलचित्रका नायक प्रदिप खड्कालाई विभिन्न आरोप लगाएका थिए । उनले प्रदीपको बारेमा मिडियामा आएर गुनासो पोखेका थिए । तर प्रतिउत्तरमा प्रदिपले केही जवाफ दिएनन् । यति बेला भने चलचित्रका यी तीन निर्माताहरू बिच सेयर बाँडफाँडमा विवाद भएको समाचार बाहिरिएको छ ।

निर्माताद्धय मिलन चाम्स र सुदिप खड्का सेयरको विषयलाई लिएर गोेविन्द शाहीको नाममा चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घमा उजुरी दिइसकेको खबर बाहिरिएको हाे। यस विषयमा गोविन्द शाहीसँग हामीले बुझेका थियौ । उनी भन्छन् ‘हलबाट चलचित्र उत्रिएको छैन । गुण, गोपी लगायतका केही हलमा अझै चलचित्र लागिरहेको छ । हलले पूर्ण रूपमा हिसाब नदिएको कारण सेयर बाँडफाँडको काम अहिले भएको छैन । तर यस्तो कुरालाई उहाँहरूले किन रमिता गरेको ? ’ गोविन्द थप्छन् ‘चलचित्रमा मिलनले २५ लाख, सुदिपले करिब ३० लाखको लगानी गरेको छ । मेरो १ करोड ५ लाख लगानी भएको छ । बिचमा चलचित्र छोड्ने भनेर हात झिक्न खोज्ने तर अहिले सेयर बाँडफाँडको कुरा अगाडी ल्याउने?  प्रतिप्रश्न गर्दै गोविन्द भन्छन् ‘गोविन्द शाहीले पैसा खाएर भाग्छ ? बाहिरीको राइट बेचेर मलाई पैसा देखेको छैन । म काठमाडौँको वितरक हो तर अहिले वितरक होइन भन्न मिल्छ ?’

यस विषयमा मिलन चाम्ससँग बुझ्न खोज्दा उनी लन्डनमा रहेको बताए । आत्तरिक कुरा भएको कारण नराम्रो केही नभएको उनी बताउँछन् ‘यो हामी बिचको कुरा हो । के कुरा कसरी भइरहेको छ मलाई जानकार छैन । तर हामी आफै मिलाउने प्रयत्न गरिरहेका छौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा
यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ
भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
भूकम्पपीडित गाउँमा चुनावी रौनकले छोएको छैन
भूकम्पपीडित गाउँमा चुनावी रौनकले छोएको छैन
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ

तपाईंले छुटाउनुभयो कि?