किन आइन सोनाक्षि बिचैमा शुटिङ छाडेर
सारांश
- मुम्बई, ९ जेठ ।
- बलिउड अभिनेत्री सोनाक्षि सिन्हा हालै आफ्नो विदेशमा चलिरहेको शुटिङ छाडेर भारत फर्केकि छन् ।
- आफ्नो बोलिको पक्का हुने कलाकार मध्येकी एक सोनाक्षि सिन्हा एउटा ब्राण्डलाई गरेको बाचा अनुरुप मलेशियामा भैरहेको शुटिङ छाडेर मात्र २४ घण्टाका लागि भारत आएकि हुन् ।
मुम्बई, ९ जेठ । बलिउड अभिनेत्री सोनाक्षि सिन्हा हालै आफ्नो विदेशमा चलिरहेको शुटिङ छाडेर भारत फर्केकि छन् ।
आफ्नो बोलिको पक्का हुने कलाकार मध्येकी एक सोनाक्षि सिन्हा एउटा ब्राण्डलाई गरेको बाचा अनुरुप मलेशियामा भैरहेको शुटिङ छाडेर मात्र २४ घण्टाका लागि भारत आएकि हुन् ।
आफूले गरेको वाचा पुरा गर्न उनी रातारात भारत फर्केकी हुन् । नाइट फ्लाईटमा यात्रा गर्नु सुन्नमा जति सामान्य लागे पनि वास्तवमा यो त्यति सजिलो कुरा होइन । यस्तोमा सोनाक्षिले वाचा पूरा गर्नु तारिफयोग्य छ ।
सोनाक्षि यतिबेला आनन्द एल रोय द्वारा निर्मित चलचित्र ‘ह्यप्पी फिर भाग जाएगी’ को शुटिङमा व्यस्त छिन् । जुन फिल्मको शुटिङ क्वालालम्पुरमा हुँदै छ । यहाँबाट सोनाक्षिले एक दिनको छुट्टी लिगिन र सिधा भारत आइन । त्यहाँ उनले एउटा ब्राण्डसँग गरेको वाचा पूरा गर्नु थियो । सोनाक्षिले दिल्लीमा भएको पत्रकार सम्मेलनका लागि क्वालालम्पुरबाट रातारात दिल्ली आएकि थिइन । उनी त्यसैरातको अन्तिम फ्लाइटबाट क्वलालम्पुर फर्केकि थिइन ।
सोनाक्षि देखि ब्राण्ड पनि निकै खुसी भएको छ । सोनाक्षिको यो हसिँलो मुहार सहित वाचा पुरा गरेको देखेर ब्राण्डले खुलेर तारीफ ग¥यो । सोनाक्षि एक कमिटेड अभिनेत्री भएको साबित गरेकि छन् । सोनाक्षि छिटै ह्याप्पी भाग जाएगीमा देखिँदै छन् । फिल्म यहि वर्ष २५ अगस्तमा रिलीज हुँदैछ । जसले अभिषेक वर्मन को फिल्म कलंक र सलमान खानको दबङ ३ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया