चट्याङ लागेर १३ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५० पटक हेरिएको
Shares
चट्याङ लागेर १३ जना घाइते

सारांश

  • डडेल्धुरा, ११ जेठ- डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङ लागेर १३ जना घाइते भएका छन् ।
  • बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम छेलाका ८ जना र सोही साधनीका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
  • पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङबाट छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।

डडेल्धुरा, ११ जेठ- डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङ लागेर १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम छेलाका ८ जना र सोही साधनीका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङबाट छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।

त्यसैगरी चटयाङबाट १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको प्रहरीले जनाएको छ । घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?